भोलिदेखि शनिबार मात्र सार्वजनिक विदा, सरकारी कार्यालय समय पनि हेरफेर

के सरकारका सहसचिव,सचिवले सिफारिस गर्दै क्याविनेटले गर्ने निर्णय भनेको बच्चाको भाँडाकुडी खेल हो ? होइन भने महिना दिन पनि आफैं अडिन नसक्ने निर्णय किन ठोक्छन् सचिवदेखि मन्त्रीहरु ?
यस्तै महिना दिन अघि सरकारले गरेको एउटा निर्णयबाट आफैं व्याक भएसँगै सरकार चलाउने र राज्य संयन्त्र हाक्नेहरु कतिसम्म कच्चा निर्णय गर्दा रहेछन् भन्ने तथ्य उजागर भएको छ ।
गत वैशाख अन्तिम साताको क्याविनेटले जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन बिदा निर्णय गरिएकोमा सो निर्णयमा सरकार एक महिना पनि टिक्न नसकेको हो । उक्त निर्णय जेठको अन्तिम साताको क्याविनेट बैंठकले उल्टाइदिएको हो । केही सहसचिव,सचिवहरुको इन्ट्रेस्टमा लागू गरिएको निर्णय महिना दिनमै उल्टनुले तिनको निर्णय क्षमतामाथि नै प्रश्न चिन्ह उठेको छ ।नेपाल सरकारका सचिव र सहसचिवहरुको क्षमता ३० दिनमा स्वाहा भएको छ । दूरदर्शी दृष्टिकोण राख्न नसकेको र संकुचित आकांक्षाको उदाहरण आइतबारे बिदा भएको छ ।यसअघि सबै मन्त्रालयका सचिव र केही प्रभावशाली सहसचिवहरुको लहैलहैमा सरकारले गत वैशाखमा सरकारी कार्यालयको खर्च घटाउने बहानामा जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

Advertisement 1

उक्त बिदाले सर्वत्र विवाद निम्त्याएको, सर्वसाधारणले दुःख पाएको र राज्यको स्रोत साधनको थप दुरुपयोग भएको खबर सार्वजनिक भएपछि सरकार आफ्नो निर्णय फिर्ता गर्न बाध्य भएको हो ।गृह मन्त्रालयले आज जारी गरेको सूचनामा जेठ २३ गतेको क्याबिनेटको निर्णयानुसार दुई दिने बिदाको निर्णय खारेज भएको औपचारिक जानकारी दिएको हो ।

 

Advertisement 2

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले असार १ गतेदेखि जेठ १ गते अघिको झैँ पूर्ववत् बिदा र कार्यालय समय तोकिएको बताएका छन् ।

 

प्रकाशित :२०७९ जेष्ठ ३१, मंगलवार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry