सव-इन्जिनियर पन्तको दैनिकीः- एक हातमा प्रमाणपत्र अर्को हातमा घूस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तलाई भवन निर्माण सम्पन्न भएको प्रमाण पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो।
Advertisement 1
भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज नियन्त्रणमा लिएको जनाएको छ । आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सतुङ्गलबाट नियन्त्रणमा लिएको हो ।
प्रकाशित :२०८० आश्विन १६, मंगलवार १३:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%