डेढ लाख घुससहित कर अधिकृत पक्राउ
आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्।
Advertisement 1
जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी दिए।
ढकाललाई सेवाग्राहीबाट घुस लिई बिचौलिया नविन कर्णलाई राख्न दिएको र त्यो रकम होटलमा लिँदै गर्दा पक्राउ गरिएको ज्ञवाली बताए। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए। दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित :२०७७ फाल्गुन २७, बिहीबार ११:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%