अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै कार्यकारी काठमाडौं लागे

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत काठमाडौं हिडेका छन् । मेयर पाण्डेले आफू निकटका व्यक्तिहरूलाई कानून विपरीत नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरूमा हस्ताक्षर दिन दबाब सिर्जना गरेपछि भुसाल मंगलबार काठमाण्डौं लागेका हुन् ।

Advertisement 1

स्रोतका अनुसार मङ्गलवार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर भित्रभित्रै मिलाउने गरी आफ्ना कार्यकर्तालाई वितरण गर्ने दबाब दिएका थिए । उक्त प्रस्तावमा असहमति जनाउँदै भुसालले नियमानुसार प्रस्ताव बैठकमा लैजानु पर्ने अडान राखेका थिए ।

स्रोतका अनुसार उक्त अडानपछि मेयर पाण्डेले प्रमुख प्रशासकीय भुसाललाई ‘तपाईँले मलाई असहयोग गर्ने, त्यसो भए तपाईँ भर्खरै जानुस्’ भनेर भनेका थिए । मेयरको उक्त ठाडो आदेशसँगै भुसालले आफू एक मिनेट पनि नबस्ने भनी भुसाल कार्यालयबाट निस्किएका थिए ।

Advertisement 2

उनीहरुको विवाद भएपछि बुधवार हुने कार्यपालिका बैठक प्रभावित बनेको छ । बुटवल उपमहानगरको कार्तिक २२ गते बुधवार कार्यपालिका बैठक आयोजना गरिएकोमा अघिल्लो दिन मङ्गलवार नै भुसाल काठमाडौं गएपछि त्यो बैठक समेत अनिश्चित भएको हो । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा उनीहरू बीच विवाद उत्पन्न भएको थियो ।

मेयर पाण्डेयकै जोडबलमा भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए ।

प्रकाशित :२०८० कार्तिक २२, बुधबार ०९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry