किन पढ्ने “सेतो याक ?”

सेतो याक रसुवाकै कथा हो ,पत्रकार मित्र हरि गजुरेलले पुतलीसडकको एक चिया पसलमा मसँग भनेको बर्षदिन बित्न लाग्यो । तर मैले सेतो याक पढेको थिइन ।
निजामती क्षेत्रमा काम गरेका केदार पनेरू साहित्यमा पनि रुचि राख्छ्न भन्ने बाहेक मसँग सेतो याकका लेखकबारे खासै जानकारी थिएन । बरु रसुवागढी नाकामा उनले गरेको सुधार कुरामा म हल्का अपडेट थिए । केदार राम्रो कर्मचारी हुन भनेर केहि नेताहरू समेत भन्थे । यिनै सूचनाको आधारमा म केदार सरसँग सामाजिक संजालमा जोडिए ।
सामाजिक संजालमा जोडिएपछी पनेरु सरको सालिन ब्यक्तित्व ,बौद्धिक छवि र स्पष्ट प्रगतिशिलतालाई नजिकको नियाल्ने अबसर पाए । मलाई उनी खास मान्छे हुन भन्ने कुरामा दुबिधा रहेन । कुनै सिर्जनात्मक क्षमता नहुने र सरकारी पैसामा किताब छापेर अवकाशप्राप्त जुनि बिताउने मर्काका ब्यक्ति कदापि होइनन् केदार सर ।जो बन मुद्दामा लगाउन पर्ने खालको हुन ।
उनको नविनतम आख्यान सेतो याकलाई जोडदार आख्यानहरुको सुचिमा राख्न मलाई कुनै समस्या पर्दैन ।
सेतो याक उत्तरी रसुवाको कथा हो ,जस्ले तपाईलाई मर्माहत पार्नेछ । यतिमात्र भनेर सेतो याकको पाठनिय अनुभुति पुरा हुँदैन । त्यसको लागि रसुवागढी भन्सार वरिपरिका गाउँका पिडादायी जीवनपद्धतिलाई मन छुने गरि प्रस्तुत सेतो याकको आख्यान शक्तिलाई बुझ्न जरुरी हुन्छ , महसुस गर्न जरुरी हुन्छ ।
Advertisement 1

हिमाली भेगको कष्टकर जीवनलाई सरल रूपमा प्रस्तुत गरिएको यस आख्यानले सामाजिक यथार्थवाद धारालाई पछाएको छ । नेपाली समाजको बिम्बलाई केदार पनेरूले सरल र मार्मिक रूपमा प्रस्तुत गरेका छन ।
हिमालय क्षेत्रमा पर्यटनले पारिरहेको प्रभावलाई बुझ्नेहरुका निम्ति यो आख्यान समाजशास्त्र पनि हो । काल्पनिक कथा भएपनी उपन्यासको बिषय हिमालय क्षेत्रको यथार्थ नै हो ।
जिन्दगी घुमाउरो मोडहरु छिचोल्दै टिमुरेको लोकेसनमा आइपुगेका केदार पनेरूले भोटकोशीको उर्लदो छाल जस्तो त्यहाको जिन्दगीलाई लिपिवद्द गरेका छ्न सेतो याकमा । सिमानाको यौन जीवन र त्यसभित्रको अत्यासलाइ समेत सेतो याकले समेटेको छ । समग्रमा उत्तरी रसुवाको साङ्गोपाङ्गो जीवन सेतो याकमा छ ।
स्विजरल्याण्डमा कलेज बिदामा नेपाल घुम्न आएको पिटर र रसुवाकी निमाबिच भएको प्रेम सम्बन्धबाट सेतो याकको मुल कथा सुरु हुन्छ । पिटरको गहिरो प्रेममा हिमाली भेगकी सोझी भोटेनी मोहित हुन्छिन । उनीहरू बिच शारीरिक सम्पर्क समेत हुन्छ । निमा गर्भवती हुन्छिन । अनेकौं कष्ट सहदै सङघर्सको जीवन बाच्छिन । सामाजिक बिभेद्ले निमाको घाँटी थिच्छ । केही महिना छोरो जन्मिन्छ फुर्वा ।फुर्वा असाध्यै तेज दिमागको हुन्छ ।फुर्वा सात बर्षको हुँदा निमा भिरबाट लडेर मर्छिन ।
त्यसपछि फुर्वाको कथा सुरु हुन्छ ।
आफन्त साहरामा हुर्किन्छ फुर्वा । गाउँकि चन्चल युवती डोल्मासग प्रेम गर्छ ।गहिरो प्रेम बिवाहामा रुपान्तरण हुन्छ । केहि समयमा सन्तान पनि जन्मिन्छ।बिवाहापछी झन फुर्वालाई उत्तरदायित्वको बोझले थिच्छ ।यसबिच फुर्वा गरेको सङघर्स चानचुने छैन ।आख्यानकारले रसुवागढीको लोकेसनमा फुर्वालाई जोडेर त्यहाको कथा पनि भनेका छ्न ।सुक्ष्म रूपमा यो रसुवागढी भन्सारको कथा भएको छ । भरिया ठेकदार बिवाद अनि टिमुरेको रङ्गिन जीवनको प्रसङ्ग आउदा रसुवागढीको सङ्लो चित्रण उपन्यास गरेको देखिन्छ ।
भावुक उपन्यासको तब पढनिय बन्दै जान्छ ।जब स्यम्भुमा फुर्वाले याकलाई भेटछ ।याकलाई घुमाउन लाङटाङ ल्याउछ । याकले फुर्वालाई योङ मेन भनिरहन्छ ।मन पराउँछ । दोस्ती गहिरो हुन्छ । त्यही बिच एउटा रहस्य खुल्छ नेपालको हिमाललाई प्रेम गर्छु भन्ने याक नै पिटर हुन्छ ।पिटरले फुर्वालाई लामो समय निमाको यादमा पागल भएको रसुवा आउँदा निमाले आत्महत्या गरेको सूचना पाएको आदि बताउछ ।पिटरले स्विजरल्याण्डमै एक युवतीसँग विवाह गरेपनि त्यो सफल हुँदैन । त्यही बिच पिटरले एक गैसस मार्फत रसुवाको बालबालिकालाई लगानी गरिरहेको हुन्छ । त्यही लगानीमा फुर्वा छोरो पिटरको नातीले समेत पढन पाएको हुन्छ ।
आफ्नु बुवा (आप्पा) पाउँदा फुर्वा निकै खुशी हुन्छ । घरमा लैजान्छ । टिमुरे गाउँमा पिटरको समाजसेवाले चर्चा पाउछ । उ सबैको ग्रेन फादर हुन्छ गाउँमा ।
अन्तिममा फुर्वाकै घरमा लास पर्छ पिटरको ।जीवनका संयोगहरुलाइ निकै सरल र मार्मिक रूपमा आख्यानकारले खेलाएको भाषाले पाठकको मन छुन्छ ।
हिमालय क्षेत्रको जीवनपद्धति बुझ्न तपाईंले सेतो याक पढनु भयो भने यो फलदायी नै हुनेछ ।