उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई करोड ४२ लाख जरिवाना

विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यलाई दोषी ठहर गरेको छ। बुधबारको इजलासले उनीमाथि कसुर कायम गर्दै एक वर्ष कैद सजाय सुनाएको हो।

Advertisement 1

विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । २०४९ साल जेठ २ गतेदेखि ओभरसियर पदबाट सेवा सुरु गरेका हुन् । शाक्यले सेवा अवधिमा रहँदा १२ करोड ३९ लाख रुपैयाँ कमाएको अख्तियारले जनाएको छ ।

अख्तियारले १६ असार २०७७ मा शाक्य, उनकी श्रीमती अल्का, भाञ्जी प्रभालाई प्रतिवादी बनाएको थियो । सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएका अल्का र प्रभाले भने सफाइ पाएका छन् ।

प्रकाशित :२०८० भाद्र २९, शुक्रबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम