एकीकृत सरकारी कर्मचारी संगठनको तेश्रो बैंठकका २९ निर्णय सार्वजनिक, फागुन अन्तिममा महाअधिवेशन
Advertisement 1
नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन एकीकृत सरकारी कर्मचारी संगठनले विभिन्न २९ बुँदे निर्णय सार्वजनिक गरेको छ ।एकीकृत सरकारी कर्मचारी संगठनको गत पुस १५ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले गरेका २९ निर्णय सार्वजनिक गर्दै संगठनको प्रथम महाअधिवेशन यही फागुन २७ र २८ गते काठमाडौंमा आयोजना हुन लागेको जानकारी गराइएको हो ।
संगठनले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको यही फागुन २६ र २७ गते गते काठमाडौँमा सम्पन्न गर्नेदेखि संघीय निजामती सेवा ऐन जारी नभएको अबस्थामा विभिन्न निजामती सेवा ऐन र स्थानीय सेवा सञ्चालन तथा व्यवस्थापन ऐन जारी भएकोप्रति ध्यानाकर्षण भएको समेत जनाइएको छ ।
Advertisement 2
यस्तै सरकारी सेवामा कार्यरत कर्मचारीलाई तीनै तहको सेवामा खुल्ला प्रतिस्पर्धाको लागि उमेरको हद नलाग्ने व्यवस्था गरी अन्तर तह प्रतिस्पर्धाको प्रबन्ध मिलाउनुपर्नेलगायतका माग राखिएको छ ।
Advertisement 3
यस्तै अस्थायी,ज्यालादारी र सेवा करारका कर्मचारीलाई एक पटकलाई उमेरहद नलाग्ने गरी ऐनमा विशेष व्यवस्था गरी स्थायी गर्न र स्थायी हुन नसक्नेको हकमा जीवन निर्वाहको लागि विशेष सुविधा र रोजेको तालिमसहित ससम्मान बिदाइ गरी सरकारी सेवा स्थायी कर्मचारीहरुबाट सञ्चालन गर्ने व्यवस्था गर्न संगठनले भनेको छ ।
संगठनले ऐनमा कर्मचारीको वृत्तिविकासलगायतका विषयहरु ट्रेड युनियनसंग पर्याप्त छलफल गरी कर्मचारीमैत्री बनाउन जोडदार मागसमेत गरिएको छ ।
यस्तै सेवाको प्रकृतिअनुसार यथोचित फिल्डभत्ता, जोखिमभत्ता एवम् कार्यसम्पादनमा आधारित भत्ता प्रणाली सबै तह र निकायमा लागु गर्न जोडदार माग गरिएको छ ।