सातामा दुई दिन बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वाेच्चमा दुई वटा रिट
सातामा दुई दिन अर्थात शनिवार र आइतबार बिदा दिने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरु सन्तोष भण्डारी, पुण्य प्रसाद खतिवडा,दीपक खनाल,रामबहादुर शाही, तेजकुमार लोहिया र त्रिलोकबहादुर चन्दसहितले रिट दायर गरेका हुन्। सरकारले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।
Advertisement 1
मन्त्रिपरिषदको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ । सरकारको निर्णय कुनै पनि अनुसन्धान र तथ्यमा आधारित नभइ हचुवाको भरमा भएकाले खारेज हुनुपर्ने रिटमा जिकिर गरिएको छ ।दुई दिन बिदा दिँदा सरकारी कार्यालयहरूमा भीड बढ्ने र सेवाग्राहीलाई सास्ती हुने भएकाले बदर गर्न माग गरिएको छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ। उक्त विवाद अब एकल इजलासमा सुनुवाइ हुने छ।