साउन १ देखि करारका कर्मचारीहरु हटाउँदै

करारमा भर्ना गरिएका शिक्षक र कर्मचारीहरु बैतडीका स्थानीय तहहरूले हटाउन थालेका छन् । बैतडीका दुई स्थानिय तह दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरेको हो ।

Advertisement 1

विसं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई साउन १ गतेदेखि काममा नआउन भनिएको छ । अन्धाधुन्ध रूपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको भन्दै अध्यक्ष जोशीले करारमा कर्मचारी राख्ने कुरालाई निरुत्साहित गरिने स्पष्ट पारे । । दशरथचन्द नपा शिक्षा शाखाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने÷नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।

प्रकाशित :२०७९ असार २२, बुधबार ०९:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry