सचिवमा बढुवा सिफारिस भएकाहरुको कस्तो छ ‘ट्रयाक रेकर्ड’ ?

सचिव बढुवा सिफारिस समितिले प्राविधिक तर्फका तीन जना सहसचिवहरुलाई सचिव बढुवाका लागि सिफारिस गरेको छ । बिहिबार बसेको समितिको बैठकले सहसचिवत्रय सुर्जुकुमार वैद्य,रामआधार साह र विश्वबाबु पुडासैनीलाई सचिव बढुवाका लागि सिफारिस गरेको हो ।

Advertisement 1

क्याविनेटले नियम नमिचि बढुवा गरेको खण्डमा पहिलो नम्बरका वैद्य सचिवमा बढुवा हुनेछन् । कंथ नियम मिचिएको खण्डमा साह वा पुडासैनी सचिवमा उक्लनेछन् । तीन दशकदेखि सरकारी सेवामा रहेका वैद्य लामो समय जल तथा मौसम विभागमा कार्यरत रहेका कर्मचारी हुन । उनले मौसम विभागको महानिर्देशक समेत चलाए । अहिले उनी जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । बेलायतबाट स्नातकोत्तर पूरा गरेर स्वदेश फर्केका वैद्यसँग जल तथा मौसम विज्ञान विभागको जिम्मवारी सम्हालेको लामो समयको अनुभव छ ।

यस्तै साह अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनको ट्रायक रेकर्ड भने सकरात्मक छैन । साह कर्मचारी बृत्तमा बदनामी कमाएका पात्र हुन जो पटकपटक कारवाहीमात्र परेका छैनन जेलै गइसकेका छन् । उनी साह शाखा अधिकृत हुँदा नै पटकपटक नसिहत पाएका थिए । खराब आचरणका कारण २०६६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको दुई ग्रेड घटुवाका लागि सिफारिश गरेको थियो । उनी गुणस्तर तथा नापतौल विभागको डिजी हुँदा नाकाबन्दीको समयमा पम्पहरूसँग मिलेर कालोबजारी गरेको समेत आरोपमात्र लागेन यही प्रकरणमा परेर जेलसम्म पुगेका थिए ।

Advertisement 2

यस्तै विश्ववावु पुडासैनी लामो समय ९ बर्ष एउटै विभागमा बिताएका कर्मचारी हुन । हरेक मन्त्रालय अन्तर्गतका विभागमा सामान्यतया १ देखि २ बर्षमा महानिर्देशक परिवर्तन हुने भए पनि उनी नौ वर्ष नेपाल गुणस्तर तथा नापतौल विभागमा बसेका थिए । केही महिना अघि मात्र वाग्मती प्रदेशमा सरुवा भएको छ। दुई वर्ष उपमहानिर्देशक र सात वर्ष महानिर्देशकको रुपमा पुडासैनीले विभागमा बिताएका थिए। नेपाल गुणस्तर मापदण्ड बनाउने र गुणस्तर मापदण्डको नियमन गर्ने निकायको रुपमा रहेको विभागमा आर्थिक अनियमितता झाँगिएको गुनासो सुनिन्थ्यो ।

उनको समूहका प्राविधिक कोही पनि नभएजस्तो उनी नै ९ बर्षसम्म महानिर्देशक बनाइएसँगै उद्योगका कर्मचारीहरुले प्रश्न उठाउँदै आएका थिए । पेट्रोल पम्पमा ठगी मेसिन जडान गर्ने रामआधार साहको बहिर्गमनपछि पुडासैनी नै महानिर्देशक भएका थिए । उनी महानिर्देशक भएर गएसँगै विभाग अन्तर्गतको ऐन नियमलाई समयसापेक्ष सुधार गर्दै काम कारवाहीलाई चुस्तदुरुस्त बनाएका भन्नेहरु पनि छन् । यस्का अलवा पुडासैनीकै कार्यकालमा एलपीजी ग्यासको गुणस्तर मापदण्ड, स्ट्यान्डर्ड नापतौल ऐन, ४३ र ५३ ग्रेडका ओपीसी सिमेन्टका लागि छुट्टै नेपाल गुणस्तर मापदण्ड बनेको थियो। पहिला ३३ ओपीसी सिमेन्टको मात्र नेपाल गुणस्तर मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको थियो ।

प्रकाशित :२०७९ जेष्ठ १३, शुक्रबार १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry