अब घरमै बसेर ड्राइभिङ लाइसेन्सको परीक्षा, अनलाइनबाटै फारम कसरी भर्ने ?

कोरोना कहर र लकडाउनका कारण झण्डै दश महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएको छ । यातायात व्यवस्था विभागले अस्ति १४ गतेबाट लाइसेन्स खुलाएको हो । लामो समयको अन्तराल पछि लाइसेन्स खुलेसँगै आवेदन दिनेको चाप छ ।
अहिले कोटा तोकेर आवेदन लिन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०र५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

Advertisement 1

लाइसेन्सका लागि अनलाइनमार्फत कसरी आवेदन दिने त ?

१) सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np खोल्ने र ‘अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली’ लिंकमा क्लिक गर्ने ।

Advertisement 2

२) त्यहाँ सबैभन्दा माथि रहेको ‘‘Online Driving License Registration ’मा क्लिक गर्ने र ’सिटीजनसिप’मा नेपाल छानेर New license मा अप्लाई गरि प्रोसिड गर्ने ।

३) त्यसपछि त्यहाँ खुल्ने फारम भर्ने र सबै विवरणभरि ‘submit’ मा क्लिक गर्ने । (त्यहाँ भएका ‘category ’ र ‘mobile number भर्नै पर्छ, एक पटक लेखेपछि मिलाउन पनि मिल्दैन ।)

Advertisement 3

४) अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिक दिनबारे वेबसाइटमै उल्लेख छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिनेलगायतका कामहरु गरिन्छ ।

५) अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।

६) तोकिएको कोटा नसकिएसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्छ ।

७) परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

प्रकाशित :२०७७ पुष १५, बुधबार १०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry