निजामती सेवालाई मर्यादित एवं व्यवस्थित बनाउन निर्देशन

अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले ट्रेड युनियनकर्मीलाई कार्यालय समयमा शुसासनका माध्यमबाट राष्ट्र एवं नागरिकको सेवा गर्न र बाँकी समयमा मात्र आफ्ना पेशागत हक अधिकार सहित ट्रेड युनियन अभियानका गतिविधिमा संग्लग्न हुन निर्दैशन दिनुभएको छ ।

Advertisement 1

हालैमात्र त्यहाँ पदस्थापन हुनुभएको घिमिरेले ट्रेड युनियनकर्मीहरुलाई निजामती सेवालाई मर्यादित एवं व्यवस्थित बनाउन निर्देशन समेत दिनु भएको हो । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन,अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै जनताबाट समग्र कर्मचारी र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण सुधार्ने जिम्मा कर्मचारी वा ट्रेड युनियनकर्मीहरुकै भएको बताउँदै घिमिरेले कर्मचारीहरुको पहिलो शर्त सेवा प्रवाह भएको स्मरण गराउनु भएको छ । अहिले संघीय निजामती ऐन आउने सन्दर्भमा पनि ट्रेड युनियन अधिकारको बारेमा समेत व्यापक चर्चा उल्लेख गर्दै आधिकारिक ट्रेड युनियनले अर्घाखाँची जिल्लामा रचनात्मक क्रियाकलाप गर्दै आएको सुनेर आफू अत्यन्तै खुशी भएको समेत उहाँले बताउनुभयो ।

आगामी दिनमा पनि कर्मचारीहरुको हकहीत र अधिकारको लागि रचनात्मक क्रियाकलापमा आफ्नो सहयोग र समर्थन रहने समेत वचनवद्धता व्यक्त गर्नु भएको थियो ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले प्रमुख जिल्ला अधिकारी समग्र जिल्लाको अभिभावक रहेको र जिल्लाको शान्ति सुरक्षा लगायत समग्र कर्मचारी प्रशासन सबल, सक्षम र सफल बनाउन यहाँको उल्लेख्नीय भूमिका रहोस भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Advertisement 2

आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले प्रमुख जिल्ला अधिकारीबाट समग्र कर्मचारीको हकहितमा गरिने सकरात्मक र रचनात्मक क्रियाकलापमा मार्ग निर्देशन र सहयोगको अपेक्षा गर्दै सफल र सक्षम कार्यकालको शुभकामना दिदै आधिकारीक ट्रेड युनियनले जिल्लामा गरेका र गरिने आगामी कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

यसैबीच आधिकारिक ट्रेड युनियनले यही चैत्र २५ गते शुक्रबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दैछ । प्रथम हुनेलाई नगद सात हजार,दोश्रोलाई ५ हजार र तेश्रोलाई १५०० राखिएको र सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख, सम्पूर्ण कर्मचारी र पत्रकारलाई अध्यक्ष वर्माले विशेष अनुरोध गर्नु भएको थियो ।

Advertisement 3

स्वागत कार्यक्रम निजामती कर्मचारीका अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, सह सचिव मञ्जु खनालको स्वागत मन्त्वय र उपाध्यक्ष हरि प्रसाद डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित :२०७८ चैत्र २३, बुधबार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry