लोकसेवाको परीक्षामा खेताला परीक्षार्थीको बिगबिगी

नेपालमा अहिलेसम्म सबैभन्दा बढी विश्वसनीय कुनै संस्था छ भने त्यो हो लोकसेवा आयोग ।
आयोगको परीक्षा निश्पक्ष हुने विश्वाश छ । तर पछिल्लो समयमा आयोग समेत विवादित बन्न थालेको छ । आयोगका आयुक्तहरुकै सेटिंग हान्नेदेखि नक्कली परीक्षार्थीहरुका बिगबिगीका कारण आयोग विवादमा पर्न थालेका छ ।
पढ्नमा गोबर गणेश र धनी बुवा आमाका सन्तानले पैसा पेलेर खेताला परीक्षार्थी बनाउन थालेसँगै लोकसेवाका लागि समेत टाउको दुखाईको बिषय हुन थालेको छ । बुधबार मात्र प्रहरीले यस्ता आठ जना खेताला परिक्षार्थीहरुलाई समाएको छ ।
पक्राउ पर्नेमा तिलक विक रहेका छन् उनी भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा खेताला उम्मेद्धार बनेर परीक्षा दिन गएका थिए । यस्तै १९ वर्षीय रामबहादुर कार्की पनि फन्दामा परेका छन् उनी गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको खेताला बनेर परीक्षा दिन पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २५ वर्षीय दीपेन्द्र विक भगवतीमाई गाउँपालिका–७ दैलेखका चक्रराज विकको खेताला बनेर परीक्षा दिन पुगेका थिए ।
यस्तै नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको हो । भेरी नगरपालिका–१० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको छ ।
लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ । यही मङ्सिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परिसकेका छन् ।

प्रकाशित :२०७७ मंसिर २५, बिहीबार १३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry