कहिँ नभएको जात्रा भङ्गहामा, कर्मचारीको श्रीमतिदेखि सालीसम्मलाई जागिर

कहिँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै भएको छ मधेश प्रदेशको महोत्तरी जिल्लामा । जिल्लाको भङ्गहा नगरपालिकाका कर्मचारीहरूको नातावाद देखिएको छ। नगरपालिकाले विभिन्न ५ पदमा करारमा कर्मचारी भर्ना गर्नुपर्नेमा ४ जना कर्मचारीकै नातागोता परेका छन्। जहाँ आफ्ना श्रीमती, साली देखि भतिजी फिट भएका छन्।

Advertisement 1

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादव रोजगार सहसंयोजक, नगरपालिकाका स्वास्थ्य संयोजक राजु साहकी श्रीमती कल्पना मैनाली ल्याब असिस्टेन्ट, पालिकाका आईटी अफिसर लक्ष्मी रायकी साली सीमा सिंह अनमी र वडा नं. ६ की अध्यक्ष राजीशरण यादवकी भतिजी रेनु कुमारी यादव अनमीमा जागिरका लागि पास भएका छन्।

प्रकाशित :२०८० माघ १८, बिहीबार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry