भौतिक पूर्वाधारमा यिनले पाए जिम्मेवारी
महिनौ दिनपछि भौतिक योजना मन्त्रालय सह सचिव पाएको छ । खर्बाै बजेट खेलाउने मन्त्रालयमा तीन सह सचिवको दरबन्दी भए पनि सो मन्त्रालयमा सह सचिव बिहिन अबस्थामा थियो ।
यस अघि लामो समयसम्म खटाएका स्थानमा नगई बसेका गोपाल सिग्देल लामो समयसम्म खटाएको टाउँमा अर्थात कर्णाली प्रदेशमा भौतिक योजना मन्त्रालयको सचिवको रुपमा खटिएर गए । यस्तै मन्त्रालयको अर्को सह सचिव प्रमिला बज्राचार्य रेल विभागको महानिर्देशक बन्न गएसँगै अर्को सह सचिव पद थियो । यस्तै सरोज प्रधान अवकाश पाएसँगै त्यो पद रिक्त छ । ती स्थानमा आइतबारमात्र पूर्ति भएको हो ।
महिनौदेखि मन्त्रालय मातहतको पूर्वाधार निर्माण तथा यातायात महाशाखा,योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा लगायतका महाशाखा सह सचिव बिहिन बनेको छ ।
अस्ति आइतबार सह सचिव नियुक्ती भएका हुन् । पुल माहाशाखाका प्रमुख दीपक भट्टराई मन्त्रालयमा तानिएका छन् भने रामहरि पोखरेललाई मन्त्रालयमा जिम्मेवारी दिइएको छ । यता त्यहाँका प्रशासन प्रमुखको रुपमा देवी ज्ञवाली भित्रिएका छन् ।
Advertisement 1
यता भवन निर्माण विभागका सह सचिव इ। मणिराम गेलाल सचिवमा बढूवा भएसँगै महानिर्देशक पद रिक्त छ । त्यहाँ महानिर्देशक बन्ने लाइनमा पदम मैनाली, वाग्मती अधिकार सम्पन्न आयोजनाको आयोजना प्रमुख नवराज प्याकुरेल र विभागकै भवन निर्माण महाशाखा हेर्ने रामचन्द्र दंगाल र चक्रवर्ती कण्ठ प्रतिष्पर्धामा छन् ।
जसमध्ये मैनालीकै पल्लाभारी हुने सम्भवना प्रवल छ ।
यता नागरिक उड्यन प्राधिकरण अन्तगतको त्रिभुवन अन्त्राष्ट्रिय विमानस्थल एयरपोर्टको महाप्रवन्धक पद महिनौदेखि रिक्त छ । त्यहाँको हाकिमले अवकाश पाएसँगै एयरपोर्ट कार्यलय निमित्तको भरमा चलिरहेको छ ।
यस्तै पेमनारायण कँडेल सचिव बढूवा भएर कृषि मन्त्रालयतिर पुगेपछि यस अघि उनले सम्हाल्र्दै आएको बन्यजन्तु संरक्षण विभाग पनि हाकिम बिहिन बन्न पुगेको छ ।