लोक सेवा आयोगले नायब सुब्बासहित तीन पदको लिखित नतिजा सार्वजनिक

काठमाडौं। लोक सेवा आयोगले नायब सुब्बासहित विभिन्न तीन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

Advertisement 1

आयोगको केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गर्दै दिपायल कार्यालयअन्तर्गत सञ्चालित विभिन्न विज्ञापनका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगका अनुसार दिपायल कार्यालयको विज्ञापन नं. १५८१३÷०८२–८३ (महिला) अन्तर्गत वन सेवा, हात्तीसार समूह, राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

Advertisement 2

त्यस्तै, विज्ञापन नं. १५८१२÷०८२–८३ (आ.ज.) अन्तर्गत वन सेवा, नेपाल एण्ड वाइल्ड लाइफ समूह, राजपत्र अनंकित प्रथम श्रेणी, रेञ्जर पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ।

यसैगरी, विज्ञापन नं. १५८०८–१५८११÷०८२–८३ (खुला तथा समावेशी) अन्तर्गत कृषि सेवा, खाद्य पोषण तथा गुण नियन्त्रण समूह, राजपत्र अनंकित प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा समेत सार्वजनिक गरिएको छ।

Advertisement 3

आयोगले सम्बन्धित उम्मेदवारले आफ्नो नतिजा तथा परीक्षासम्बन्धी थप विवरण आयोगको सूचनाबाट हेर्न सक्ने जनाएको छ।

प्रकाशित :२०८३ आश्विन ११, आईतवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम