सचिव पुष्करको प्यार :- सहसचिव भट्टराई कर्मचारी प्रशासनका हर्ताकर्ता र प्रवक्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कमल भट्टराईले पाएका छन् । यस अघि प्रवक्ताको भूमिकामा रहेका रुद्रमान सिंह तामाङको स्थानमा सहसचिव कमल भट्टराई ल्याइएको छ ।
तामाङको गत फागुन ११ मै ६१ सहसचिवको सरुवा हुँदा गृहमा पठाइएको थियो तर गृह स्रोतका अनुसार आफू सिनियर सहसचिव भएका कारण गृहमा जान इन्कार गर्दै आएका थिए । यो खबर अस्तिमात्र इकर्मचारी डटकमले सामान्यका यी रैथाने कर्मचारीलाई चलाउने हिम्मत कस्को ?  शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको भोलिपल्टै रुद्रमानलाई हटाएर त्यहाँ कमललाई लगिएको हो ।
सचिव कृष्णहरि पुष्करले सहसचिव कमल भट्टराईलाई अर्थबाट सामान्य प्रशासनमा लगेर त्यहाँको भन्सार मानिने कर्मचारी प्रशासनको हर्ताकर्ता र प्रवक्तासमेतको जिम्मेवारी दिएका छन् ।अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ६ जना सहसचिवको दरबन्दी छ । जहाँ स्किम श्रेष्ठलाई सङ्घीय मामिला महाशाखा, बलराम रिज्याललाई स्थानीय तह क्षमता विकास महाशाखा,नारायण प्रसाद अर्याललाई प्रशासन सुधार, जनशक्ति, योजना तथा विकास महाशाखाको जिम्मेवारी दिइएको छ । सरुवा भइसकेका रुद्रमानसिंह योजना तथा विकास सहायता समन्वय महाशाखा र संगठन महाशाखा रिक्त रहेको छ । अन्य चार सहसचिवमध्ये कमललाई नै पुष्करले रोजेर संघीय मामिला तथा सामान्य प्रशासनको भन्सार मानिने कर्मचारी प्रशासनको हर्ताकर्ता बनाएर राखेका हुन ।
कमल यस अघि भन्सारको महानिर्देशक हुँदा गरेको बदमासीहरु अहिले छरपष्ट हुन थालेका छन् । सचिव कृष्णहरि पुष्करका प्रतापले भन्सारबाट संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी फाँट हेर्ने गरी हर्ताकता बनाएर लगिएका तत्कालीन महानिर्देशक कमल भट्टराईले त्यहाँका हाकिम हुँदा  भन्सार कार्यालयहरुमा दरबन्दी नै नभएपनि ५० जना कर्मचारीहरुलाई जबर्जस्ती फाजिलमा पठाएको विवरण इकर्मचारी डटकमसँग सुरक्षित छ ।एउटा विभागमा हुँदा समेत कर्मचारी सरुवामा यसरी बदमासी गर्ने व्यक्ति अहिले समग्र कर्मचारी सरुवा गर्ने निकायको हर्ताकर्ता बनाइएपछि मन्त्री अमनलाल मोदीको कर्मचारी प्रशासन सुधार गर्ने हुटहुटी पानीको फोकाझैं हुने प्रशासनविदहरुले चिन्ता प्रकट गरेका छन् ।

Advertisement 1

प्रचलित ऐनविपरित दरबन्दी नै नभएका स्थानमा पचासौं कर्मचारी पठाउँदा शुभलाभ उठाइएको खटाइएका कर्मचारीले गुनासो गरेका छन् । उनै कमल अहिले संघीय मामला तथा सामान्य प्रशासन महाशाखा प्रमुख रहेका छन् । यही महाशाखाले देशभरका निजामती कर्मचारीको सरुवामा निर्णायक भूमिकामा छन् । सामान्यको कर्मचारी प्रशासन भनेको मुलुकका कर्मचारी सरुवा गर्ने तालुकदार निकाय हो । यस्तो निकायमा बदनाम कर्मचारीहरुलाई लगेर थुपारे पछि कसरी सुध्रिएला कर्मचारी प्रशासन ?

प्रकाशित :२०७९ चैत्र ३, शुक्रबार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry