अनि सरकारी जागिर छाडेर ‘गोपाल’ बने आरबी न्यौपाने….

१४ बर्षसम्म गृह मन्त्रालय मातहत रहेर काम गरे स्थायी कर्मचारीका रुपमा । जागिरमा मन म¥र्यो र मोडिए व्यापार र हाउजिङतिर । दुई दशक अघि नै हो खाइहरेको सरकारी जागिर छाडेको । केही बर्ष व्यापार व्यवसायमा लागे । जागिरी र व्यापार व्यवसाय गरुञ्जेलसम्म सामान्य थियो जिन्दगी । अरु कुरा सोच्ने फुर्सद हुन्नथ्यो । जिन्दगी नियमले होइन संयोगले चल्दछ भन्छन् । जीवनका एक दुईवटा घटनाक्रमले मोडियो जीवनको बाटो ।
Advertisement 1
एक दिन मर्निङ वाकको सिलसिलामा गृह्वेश्वरीबाट किरातेश्वरतिर जाँदै थिए ।त्यहाँ एउटा बाच्छो झाडीमा खसेर कराइरहेको थियो । गुहार मागिरहेको थियो । मैले उद्धार गर्नका लागि त्यहाँ भएका मान्छेसँग सहयोग माँगे । कोही अघि सरेनन । शसस्त्र प्रहरीलाई गुहारेपछि तिनकै सहयोगमा ती बाच्छाको उद्धार गरियो पछि त्यहाँबाट फर्किएर घर जाँदै थिए । त्यसले मलाई पच्छ्याउँदै आयो,छोड्नै मानेन ।
यसरी सडकको गाइबाच्छाको उद्धार गर्दा टोल छिमेककाले बहुलायो पनि भने । त्यसको केही दिन पछि जोरपाटी जाँदै थिए । अपांग अस्पताल अगाडि तीन वटा गाइबाच्छा उही हालतमा भेटिए । तिनको उद्धार गरें । केही समय पछि एउटा गाई सडकमा लडिरहेको देखे । नजिकै गएर हेर्दा त गाडीले हानेर क्षत–विक्षत पारेको रहेछ । यसरी उद्धार गरिएका गाइबाच्छा राख्न समस्या हुन थाल्यो ।
आठ बर्षसम्म सडकका बेबारिसे गाइबस्तुको स्याहार सुसार गरियो । कुकुर/विरालोलाई हेर्न संस्था भेटिए गाइ गोरुको हेर्ने संस्था कतै देखिएन/ भेटिएन । गाइ बस्तु सरकारले राष्ट्रिय जनावर घोषणा गरेको छ तिनैलाई हेर्न संघसंस्था खै ? कानुन भएको मुलुक भए राष्ट्रिय जनावर गाईको यस्तो हालत हुन्थ्यो ? मनमनै प्रण गरे अब सडकमा अलपत्र परेका/बेवारिसे गाइबस्तु पाल्छु । परिवारलाई आफ्नो निर्णय सुनाए । उनीहरुले जबाफ फर्काए दिमाग खुस्किएको कि क्या हो ? परिवार,समाज,आफन्त कसैको आवाज सुनिन,सुनें आफ्नै अन्तरमनको आवाज र लागें सडकमा अलपध परेका गाइबस्तुको स्याहार,सुसार गर्न । दर्ता भयो मठ मन्दिर गाइबाच्छा बचाउ तथा समाज विकास अभियान २०७१ । अनि सक्रिय भएर गाइबाच्छाको उद्धारमा लागे ।
Advertisement 2
कामका सिलसिलामा धेरैका तीतो बचन सुनें, धेरैले पागल भने । कतिले गाई तस्करी गर्ने गरेको आरोप लगाए,केही ‘हिन्दु राज्य फर्काउन’ अभियान चलाइरहेको आरोप लगाए । कुनै स्वार्थ नभई यो मानिस किन राति–राति गाई–बाच्छा खोज्न हिँड्छ भन्दै प्रश्न गर्थे ।
काम गर्दै जाँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवका रुपमा आउनुभयो डा गोविन्द टण्डन । हरेक पूर्णिमामा एउटा बाच्छा मन्दिरमा चढाइने परम्परा छ । बर्षमा यसरी १३ बटा स सना बाच्छा पशुपति मन्दिरमा चढाइन्छ । ती साँढे छाडा बनेर पशुपति परिसरभित्रै गोव्र्याउने,मन्दिरमा आएका भक्तजनहरुलाई हान्ने र लखट्ने क्रम विगतमा थियो । विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा नै गाई गोरुका गोबरका कारण दूर्गन्धित हुने र त्यहाँ हिड्नेहरुलाई साढेले दुख दिन थालेको थियो । यसबारे डा टण्डन पनि चिन्तित हुनुहुन्थ्यो । संस्था दर्ता त भयो, काम कसरी गर्ने ? परिवारका सदस्यले विश्वास गरेकै थिएनन् । आफन्त र साथीभाइ पागल भन्थे । एक्लै बस्दा सोच आउँथ्यो– सबैले पागल–पागल भन्छन्, साँच्चै म पागल त भइनँ ?’अनेक ठाउँ धाउँदा–धाउँदा उनी निराश भइसकेका थिए । अन्तिम विकल्पका रुपमा एक दिन पशुपति क्षेत्र विकास कोष गए । त्यहाँको सदस्य सचिव डा. गोविन्द टण्डन आध्यात्मिक मानिस थिए । टण्डनले केही सहयोग गरिदिन्छन् कि भन्ने झिनो आशा थियो ।
Advertisement 3
तर, त्यसपछि आएका सदस्य–सचिवहरूले हाम्रो अभियानमा सहयोग गर्नुको साटो उल्टै असहयोग गरे । डा. घनश्याम खतिवडा र प्रदीप ढकालहरु नेतृत्वमा हुँदा हामीलाई यहाँबाट निकाल्न पनि खोजियो । आनन्दराज बतासजस्ता व्यापारीहरुको प्रभावमा परेर दैनिकरुपमा हामीलाई गौशाला छाड्न उर्दी जारी हुन्थ्यो, पछि यस विषयमा मुद्दा चल्यो र अदालतले निषेधाज्ञा जारी ग–यो । हामीलाई हटाएर व्यापारीलाई भोजन र स्नानगृह निर्माणका लागि एक जमिन भाडामा दिने उहाँहरूको योजना रहेछ ।
न्यायमूर्तिहरुको विवेकका कारण त्यस्तो सम्भव हुन सकेन । उहाँकै सक्रियतामा पशुपति क्षेत्र वनकालीमा १५ रोपनी जग्गा दिएर बेवारिसे ढंगबाट छाडिएका बाच्छा बाच्छा पाल्न अनुमति दिनुभएको थियो । उहाँको त्यो निर्णयले आँखा नभएकोलाई आँखा पाएजस्तो भयो । गाई राख्ने ठाउँ पाएपछि जोश जाँगर छुट्टै पलायो । पहिलोपटक गौशाला आसपासका ३९ वटा छाडा गाईहरु ल्याएर उद्धार गरे । र, तिनीहरुको सेवामा जुटे । अहिलेका पर्यटनमन्त्री प्रेम आले समेत हामीविरुद्ध खनिन थाल्नुभएको छ । अहिले नन्दी गौशलामा १२३ भन्दा बढी वेवारिसे गाइबस्तु पाल्दै आएका छन् । पशुपति क्षेत्रबाट पाएको भनेको त्यही १५ रोपनी जग्गामात्र हो ।
बाँकी तिनका रेखदेख स्याहार सुसार आफ्नै खर्चमा गर्दै आएका छु । यस्का अलवा उनले ३० भन्दा बढी असहाय र टुहुराहरुलाई आफैले पालेर शिक्षा दिक्षा समेत दिँदै आएको छु । पञ्चायतमा गाईको सम्मान हुन्थ्यो अहिले गणतन्त्र आए पछि गौमाताको अपमान हुन थाल्यो । हामीले यो अवधिमा नन्दी गौशालामा तीन करोडभन्दा पूर्वाधार बनाइसकेका छौं । गौशालामा मात्र होइन काभ्रेको बथानचोकमा आफ्नै जग्गामा ४५ वटा वेवारिसे गाइ पालिएको छ । एउटा गाइले दैनिक फारुक गर्दा पनि कम्तिमा सात किलोदेखि पच्चिस किलोसम्म पराल खान्छ । कन्ट्रोल गरेर खर्च पर्दा पनि यी गाइको पालनका लागि दैनिक ३० हजार बढी खर्च हुन्छ ।
तिनका दाना,पानी,उपचारमा हुने खर्च मासिक लाखौं निस्कन्छ । गाइप्रति माया गर्नेहरु पनि छन्, केही मनकारी दाताहरु भेटिन्छन र त यी गाइबस्तुको हेरचाह र पालन पोषण भइरहेको छ । सहयोग जुटाउनका लागि कति नकचरो हुनुपर्दछ त्यो भोग्नेलाई थाहा छ । पाँच सय लिनका पाँच चोटी जानुपर्दछ । कसैले नमीटो जबाफ फर्काउछन । जबाफ लगाउन मिलेन । मेरा पनि घर परिवार आफन्त छन् । मलाई पनि परिवारसँग समय बिताउन मन लाग्छ । म टुहुरो त होइन । गौप्राणीको मायाले मात्र यी सब गरिरहेको छु । आज राज्यले नन्दी गौशलालाई पटक पटक खेद्न थालेको छ । अहिले आफ्ना जग्गा जमिन बैंकमा राखेर झण्डै ४० लाख ऋृण लिएको छु र ऋृणमै चलिरहेको छु । म चुनौती दिन्छु राज्य हाक्नेहरुलाई यी गाइबाच्छा एक बर्ष गाइबाच्छा पालेर देखाउनुस । गाईको गहुँत र गोबर गर्भदेखि मरणसम्म चाहिने चिज हो । एक पटक वैदिक सनातन धर्म मान्नेहरुलाई अवलोकन गरिदिनुहोस ।
यति दुख गरेर राज्यले गर्नुपर्ने काम गरिरहेको छु तैपनि व्यापारीहरुको दबाबमा मलाई खेद्न अनेकन प्रयास भइरहेको छ । राज्यले मेरो कामको मूल्यांकन गरेन त के भयो ? ‘साइनिङ वर्ड कम्पासन’ नामक विदेशी अवार्ड पाएको थिए केही बर्ष अघि । ३० हजार अमेरिकी डलर हातसबै रकम गाईहरुको सेवामा खर्चिए । मेरो विचारमा कठमाडौँ उपत्यकामा मात्रै ७ हजार छाडा छोडिएका गाई–बाच्छा छन् । त्यस्ता गाइबस्तुको उपचार तथा पालन पोषण गर्न खै राज्यको नीति ?
राष्ट्रिय जनावर घोषणा गरिएपछि तिनको हेरविचार र पालन पोषणका लागि राज्यको केही नीति हुनु पर्ने कि नपर्ने ? निस्वार्थ ढंगले गाइ बाच्छा पालिरहेको व्यक्ति किन शक्ति र सत्ताको तारो बनाइन्छ बाराम्बार ?