कर्मचारी सरुवामा नयाँ प्रणाली, अब चलखेल रोकिने !

निजामती कर्मचारीहरुको नियमित प्रक्रिया हो,सरुवा । तर यही प्रक्रियामा समेत व्यापक चलखेल हुँदै आएको ओपन सेक्रेट जस्तै छ । संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारी,मन्त्रीका सचिवालय र ट्रेड युनियनका भालेहरुले कर्मचारी सरुवाको नाममा चलखेल गर्दै आएका छन् ।
Advertisement 1
कर्मचारी सरुवामा हुने चलखेल रोक्न र विकृतीको अन्त्य गर्नका लागि अनलाइन प्रणालीबाट सरुवा गरिनुपर्ने सुझाव प्रतिवेदन सरुवा व्यवस्थापन कार्यादलले मन्त्री मोदीलाई बुझाएको छ ।
निजामती कर्मचारीहरुको सरुवामा देखिएका विकृति र विसंगति अन्त्य गर्नका लागि मन्त्री मोदीले ०८० जेठ २९ गते सहसचिव बलराम रिज्याल संयोजक, सहसचिव हेमराज तामाङ, उपसचिवत्रय मेहन्द्र प्रसाद साँखी, खिलराज राई र कमानसिं थापामगर सदस्य रहेको कार्यदल गठन गरेको थिए ।
Advertisement 2
झण्डै ४० दिन लगाएर कार्यदलले प्रतिवेदन तयार गरी मन्त्री मोदीलाई हस्तान्तरण गरेको हो । उक्त कार्यदलले मन्त्री मोदीलाई बुझाएको प्रतिवेदनमा कर्मचारी सरुवा अनलाइन प्रणालीबाट गर्न सुझाव दिइएको छ । त्यसका लागि एउटा सफ्टवेयर विकास गर्न पनि कार्यदलको सुझाएको छ ।
कार्यदलले कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेरमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव समेत दिएको छ । यस्तै,कर्मचारी व्यवस्थापन प्रणाली (पिएमएस) विकास गर्ने र सो प्रणालीलाई निजामती किताबखानाको वैयक्तिक सूचना प्रणाली(पिआइएस)सँग आबद्ध गर्न पनि प्रतिवेदनले भनेको छ ।
Advertisement 3
त्यसैमार्फत बिदा स्वीकृति, सरुवा निवेदन, सरुवा सहमति, पदस्थापन, काज, कामकाज, रमाना, बरबुझारथ, हाजिर भएको जानकारी, बढुवा, विभागीय कारबाही, अनुशासन र आचरणसम्बन्धी अभिलेख वैदेशिक अध्ययन, तालिम, निलम्बनसमेतका विवरणको व्यवस्थापन गर्न कार्यदलले सुझाएको छ ।
सफ्टवेयरमा संगठन संरचना र दरबन्दीको अद्यावधिक विवरण, टिप्पणी व्यवस्थापन (उठान, पेस र सदर) लगायत अभिलेख तथा स्वतः अद्यावधिक हुने व्यवस्था गर्नुपर्ने, लोकसेवा आयोगको भर्ना प्रणालीको तथ्यांकसँग यो प्रणालीलाई आबद्ध गरी कर्मचारीको माग आकृति फारामदेखि सिफारिससम्मको विवरण स्वतः लिने व्यवस्था, अतिरिक्त समूह र फाजिलमा रहेको कर्मचारीको विवरणलगायत विषय समेट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
‘विद्यमान अवस्थाको विश्लेषण गरी सरुवालाई व्यवस्थित गर्न उल्लिखित सिफारिस एवं कर्मचारी सरुवा व्यवस्थापन सफ्टवेयरको प्रयोग गरी प्रणालीमा आधारित बनाउनु आवश्यक छ,’ प्रतिवेदनको निष्कर्षमा कार्यदलले भनेको छ ।