४० हजार घुस रकम लिँदैगर्दा अख्तियारको फन्दामा परे वन अधिकृत

फर्निचर उद्योगसँग घुस माग्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । फर्निचर उद्योगीको मुद्धा मिलाइदिन्छु भन्दै घुस माग्ने सहायक वन अधिकृतलाई ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् । फर्निचर उद्योगसँग घुस मागिरहेको अवस्थामा अख्तियारको टोलीले धादिङस्थित निलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेललाई पक्राउ गरेको हो ।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने भन्दै पौडेलले ४० हजार रुपैयाँ माग गरेका थिए । उक्त मुद्दा मिलाउने भन्दै ४० हजार घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पौडेललाई घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।

प्रकाशित :२०७८ असार ६, आईतवार १५:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry