निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
Advertisement 1
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली तथा धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने जनाएको छ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मण्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
Advertisement 2
निप्पोन फर्मास्युटिकल विभिन्न अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार औषधी उत्पादन गर्दै आएको कम्पनी हो। कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधी, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायत औषधी उत्पादन गर्दै आएको जनाएको छ।
कम्पनीको विधिवत् दर्ता सन् २००६ मा भएको र उद्योग स्थापना २०१७ मा गरिएको हो। स्थापनाको पाँच वर्षपछि सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको कम्पनीले जनाएको छ। हालसम्म विभिन्न थेराप्युटिक सेग्मेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको कम्पनीको दाबी छ।
Advertisement 3
‘Wellbeing for All’ अर्थात् ‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नारासहित अघि बढिरहेको निप्पोन फर्मास्युटिकलले नेपालमा आवश्यक औषधी उत्पादनमा आत्मनिर्भरता बढाउन योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ।
कम्पनीका अनुसार प्रस्तावित आईपीओ निष्कासन नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि अघि बढाइनेछ।








