सन्दर्भ काङ्ग्रेस १५औ महाधिवेशनः अण्डर–३५ मा चापाकोटकी उपमेयर ईशाको व्यापक चर्चा।

अञ्जनकुमार।
लगातारको वर्षाले महाधिवेशनको चटारोलाई झटारो हाने पनि, कार्यकर्ता भने महाधिवेशन प्रतिनिधि बन्ने होडबाजीमा छन्। यही असोज १६–१९ गते काठमाडौंमा हुने १५औं महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोटको रस्साकस्सी चलिरहँदा स्याङ्जा चापाकोट नगरपालिकाकी उपमेयर ईशा राना मगर अहिले चर्चाको शिखरमा हुनुहुन्छ।
Advertisement 1
अण्डर–३५ युवा महिलाको कोटामा ६ जना प्रतिस्पर्धी रहे पनि रानाको उम्मेदवारीले एकाएक चर्चा बटुलेको हो। उनलाई समर्थन गर्दै स्याङ्जा क्षेत्र नं. २ का नगर सभापतिहरु, वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूले समेत एक संयुक्त अपिल जारी गर्दै उहाँलाई विजयी गराउन आह्वान गरेका छन्।
महाधिवेशन प्रतिनिधि बिना जिल्ला सभापति तथा केन्द्रीय राजनीतिमा प्रतिस्पर्धा गर्न नपाइने भएकाले पनि उहाँको प्रतिनिधित्वले ठूलो छलाङ मार्ने विश्लेषण गरिएको छ।
Advertisement 2
ईशा राना मगर क्षमता नभएको व्यक्ति भने होइनन्। युवा पुस्ताकी उपमेयरको रुपमा सामाजिक क्षेत्रमा उहाँले गरेको योगदान र पालिकामा खेलेको भूमिकालाई लिएर कसैले कुरा काट्न सकेका छैनन्।
“निर्वाचन त एउटा प्रक्रिया हो। यो पार्टीको आन्तरिक प्रतिस्पर्धा हो, यहाँ रातो मुख लगाउनुपर्ने कुनै आवश्यकता छैन। पार्टीमा मेरो योगदानबारे जिल्लाका नेता–कार्यकर्ता लगायत तमाम जनतालाई अवगत नै छ।“
कार्यकर्ताको विवेकले सही निर्णय लिनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ।








