काे हुन ? ति बच्चा र आमाहरु ।

भनिन्छ, बच्चा ईश्वरका बरदान हुन्। बच्चा दोषी हुँदैनन् ।आमाहरु निर्दोष हुन्छन्। त्यसोभए दोषी को त ? आमा र बच्चा को सम्बन्ध निर्दोष हुन्छ। झट्ट हेर्दा हाम्रा दृष्टिकोण उनीहरुलाई दोषी देख्छ। ति बच्चाहरु र आमाका बिषयमा एउटा प्रश्न उठिरहन्छ । आखिर यि को हुन्?
यो माथिको कथन मात्र होइन, सत्य हो। म कार्यालय आउँदा जाँदा कोटेश्वरबाट सातदोबाटो हुँदै जान्छु। काेटेश्वर र सातदोबाटो वरिपरि थुप्रै दुधे बालकदेखि पाँच वर्षसम्मका बच्चाहरु बाटोमा माग्दै हिँडेका देखिन्छन् । ति कुपोषित बच्चा र आमाहरु को हुन्? गाडीको झ्याल झ्यालमा केही मान्न आउँछन्। म दिने कोशिस गर्छु । मैले दिएको प्रत्येक चिज अपूरो हुन्छ ।rयोभन्दा बढी अझै प्रश्न उठिरहन्छ। आखिर यि को हुन् ?
यि नेपाली नागरिक हुन् या भारतीय। आखिर यि बच्चाहरु र आमाहरु नै हुन्। यिनीहरुका श्रीमान् कहाँ छन्। सडकभरि बच्चा र आमाहरु छन् तर कुनै पुरुष छैन। के पुरुष यहाँ दर्शक बनेर बसेको छ? पक्कै अवैद्य बच्चाहरूको प्रयोग गरिएको होइन कि। आमाहरू विवश छन् कि । पुरुषहरुले यिनीहरुलाई यही काममा लगाएका हुन? फेरि उत्तर आफैं खोज्ने प्रयास गर्छु। हामीसँग अप्ठ्यारोमा परेका बच्चा र आमालाई सम्भार गर्ने नीति छ। कानुन छ। संस्थाहरु छन्। सरकारको बजेट छ। निजी क्षेत्र छन् ।गैरसरकारी संस्था छन् ।दाताहरु छन् ।तर यी बच्चा र आमाहरु किन माँगि रहन्छन् ।के यी विवश हुन् ? वा यिनीहरुलाई बाध्यतामा पारिएको छ। यसको उत्तर कसले दिने। फेरि प्रश्न उठ्छ। आखिर यि को हुन् ?
हेर्दा कुपोषित छन्। बच्चा गर्मीको तापमा निदाएका छन् ।तातो सीमेंट र पिचकाे रापमा आमा बसेकी छिन्। हेर्दा कैयौँ दिनदेखि खान नपाएको जस्तो शरीर छ। बच्चाको अनुहार र शरीर पुरै शिथिल देखिन्छ। जोकोही पनि मर्महात हुने दृश्य सधैभरि बाटोमा देखिन्छ।यस्ता थुप्रै परिवारहरु छन्। जो दैनिक बाटोमा बस्छ। बच्चा र आमाहरु छन्। जो काठमाडौंका सडकहरुमा माग्न हिँड्छन्। हात थापी रहेकाछन्। हामी कोही देखेजस्तो गर्छौ। कोही नदेखेजस्तो गर्छौं। कसैले केही दिन्छौं ।कोही भावुक हाेलान। कसैलाई केहीको प्रतीक र बिम्बको याद आउला। तर यि को हुन्? शारीरिकरुपमा माग्न लायक पनि छैनन्। तर मागी रहन्छन्।
हुन त हाम्रो सडकमा माग्ने, जोगी, साधु, बृद्ध बालकहरु थुप्रै देखिन्छन्.। यो समाजको एउटा चित्र जस्तै लाग्छ। समाज भित्र सबै प्रकारका मानिस हुन्छन्। जोगी, साधु देख्दा हामी केही दिन्छौं र मर्ममा थोरै मलम लगाउँछौं। तर यि बच्चा र आमाहरूको अनुहार अरू अनुहारहरु भन्दा फरक छ। भिन्नै खालको फरक। बच्चाले आमाको लागि र आमाले बच्चाको लागि मागिरहेको होइन जस्तो देखिन्छ।। यो कारुणीक मात्र होइन ।यसभित्र मानवीय पक्ष लुकेको छ ।हाम्रा मानव अधिकारका कुरा गर्ने, कलम चलाउने पत्रकार यस विषयमा कतै देखिँदैनन् । किनभने यसभित्र नाफा र विज्ञापन छैन।
यो दोष कसको? बच्चाको? आमाको? त्यो पुरुष जसले बच्चा र आमालाई बाटोमा पुर्यायो. त्यसको? कि दर्शक भएर हेर्ने सरकारको? अहिले यसको उत्तर पाउन कठिन छ।. यसको उत्तर कहीँ न कहीँ लुकेको छ। छिपेको छ। पक्कै छ। यी बच्चा र आमाहरु कहाँबाट आए। कोही पर्वते मूलका पनि छन्। अधिकांश तराई-मधेश वा भारतीय मुलका जस्ता देखिन्छन् ।महिनौं दिनसम्म सडकमा बच्चा र आमाहरु मागेर हिड्दा कसको नाक काटिएको छ। ति बच्चा र आमाहरु त निर्दोष छन्। दुई छाक खाना र एकसरोआोड्न पैसा मागेका हिँडेका छन्। तिनका पुरुषहरुले पक्कै यिनको मिहेनत खान्छन्। यसमा दुईमत छैन ।तर हामी प्रहरी-प्रशासन कहाँ छौं ।कमसेकम यो विषयमा निगरानी त हुनै पर्छ।
यदि याे माँगिखाने संगठित अपराध हो भने समाजको ठूलो रोग हो ।भारतलगायत बङ्गलादेश, पाकिस्तान, जस्ता देशमा माग्न बाध्य बनाउने संगठित अपराधलाई कानूनकाे दायराभित्र ल्याउन सकिएको छैन। यो वर्ग माया, दयाकाे सहारामा दलालीको रुपमा बाँचेको छ। यदि यही हो भने यसले भोलि ठूलो रुप लिन सक्छ। यसमा प्रयोग भएका बालक, आमा, वृद्ध, महिला, अपाङ्ग जोसुकैले पनि समाजलाई विपरीत डोर्याउँछन। शहरलाई विकलाङ्ग बनाउँछन् ।माँगेर फाइदा लिने वर्गले तथ्यमा पर्दा लगाइदिन्छन्। त्यसैले अहिलेपनि भित्रैबाट प्रश्न उठाउनुपर्छ। ती बच्चा बालक र आमाहरु काे हुन ।
काठमाडौंका सडक र गल्लीहरुमा देखिने यि बच्चा र आमाहरूलाई माग्न दिनुहुदैन । यि कहाँबाट आए? यसको उत्तर खोज्नु भन्दा पनि तुरुन्त यिनीहरुलाई स्याहार केन्द्रमा राख्नुपर्छ। पालिका ,प्रशासन, गैरसरकारी क्षेत्र, समाज कल्याणका क्षेत्रमा यो वर्गलाई संरक्षण गर्ने अर्बौं रुपैयाँ छ ।रुपैयाँ कहाँ खर्च भएको छ। फाइभ स्टार होटलमा? कार्यक्रम गर्नुभन्दा सोझै यो वर्गको संरक्षणले नतिजामा देखिन्छ। बाटोमा आउँछन् जान्छन् भन्ने हो भने यसले सडक र सहरको सुन्दरतालाई मजबूत बनाउँदैन ।र यो प्रश्न उठिरहन्छ। समयमै बच्चा र आमाहरूलाई मानवीय तरिकाले स्थापित गर्नुपर्छ। तर जतिसुकै समाधानका बाटा सोचे पनि आखिरमा गाडीको छेउमा आउने ति आर्तनाद शब्द, निरीहआँखा जुधाउन म सक्तिन र सधै उत्सुक र विवश भएर,
आफैंलाई प्रश्न गर्छु को हुन्? ति बच्चा र आमाहरु।
प्रकाशित :२०७९ असार ११, शनिबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry