तीन सय बढी सरकारी योजनामा निर्वाचन आयोगको रोक

सरकारले कर्मचारी सरुवा,बढुवा तथा नियुक्तिका लागि निर्वाचन आयोगसँग मागेको तीन सयभन्दा बढी अनुमति निर्वाचन आयोगले रोक लगाएको छ ।

Advertisement 1

कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ती, नयाँ भवन शिलान्यास, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिता विपरित भएकाले त्यस्ता खालको काममा अनुमती नदिइएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढि निवेदन आयोगले रोकिदिएको हो । निर्वाचन आचारसंहिता विपरित हुने खालका काममा अनुमति पाउँ भनि सरकारले निवेदन दिएको कारण ती कामहरु रोकिदिएको निर्वाचन आयोगले प्रष्टाएका हुन् ।

Advertisement 2

यस्का अलवा आयोगले अत्यावश्यक सेवाका लागि परेको करिब १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ । देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाइलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्विकृत गर्दै अघि बढाउन अनुमति दिइएको आयोगले जनाएको छ ।

प्रकाशित :२०७९ कार्तिक ४, शुक्रबार ०६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry