मन्त्रीभन्दा पीए जान्ने,कसले भन्या कस्ले मान्ने ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठका एक पछि अर्काे सहयोगीहरु विवादमा मुछिएका छन् । कर्मचारी सरुवाका नाममा बदमासी गरेपछि फेरि अर्काे स्वकीय विवादमा तानिउका हुन । यस अघि कर्मचारी सरुवा प्रकरणमै मुछिएर मन्त्री श्रेष्ठका निजी सचिव लेखनाथ भट्टराई त्यहाँबाट खेदिएका थिए । यो प्रकरण सेलाउन नपाउँदै फेरि यस्तै बदमासीमा अर्का सहयोगी मुछिएका छन् ।

Advertisement 1

यस पटक मन्त्रीका पिए दिलिप पटेल यस्तो बदमासीमा मुछिएका हुन । मन्त्री श्रेष्ठका स्वकीय सचिव पटेलले आर्थिक चलखेल गरी कर्मचारीको सरुवामा हात हाले पछि उनी विवादमा मुछिएका हुन । मन्त्रीका स्वकीय पटेलले चलखेल गरी उपसचिवको दरबन्दी भएका पालिकाहरुमा शाखा अधिकृतलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने गरेको भेटिए पछि अहिले उनी विवादमा तानिएका छन् ।रौतहटको इशानाथ गाउँपालिकामा कार्यरत रहेका उपसचिव खिमबहादुर भुजेललाई हटाएर शिक्षा शाखा प्रमुख नायव सुब्बा नन्दकिशोर गुप्तालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको पत्र पठाएपछि अहिले कर्मचारीवृत्तमा खैलाबैला मच्चिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिना अघि अर्थात गत पुस १८ को निर्णयबाट त्यहाँ खटाएका उपसचिव भुजेललाई दुई महिनामै सरुवा गरेर नायब सुब्बालाई निमित्तको जिम्मेवारी दिएपछि मन्त्रीका स्वकीय सो प्रकरणमा मुछिएका हुन । दुई महिना पहिला ईशनाथको कार्यकारी प्रमुखका रुपमा आएका भुजेललाई कटहरिया नगरपालिकामा पठाएर मन्त्रालयले उपसचिवको ठाउँमा सुब्बालाई कार्यकारी प्रमुख बनाएको नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताए ।

‘नगर प्रमुखलाई जानकारी नै नदिई गुप्ताले कार्यपालिका बैठक बोलाएको नक्कली माइन्युट खडा गरेर मन्त्रालयमा बुझाएको र नगरपालिकाको निमित्त प्रमुखको पत्र दिएको थाहा पाएपछि हामी आज काठमाण्डौ पुगेका छौँ’,

Advertisement 2

No description available.

ईशनाथ नगरपालिकाका उपसचिव भुजेलको सरुवा गरेर आफ्नो मान्छे गुप्तालाई निमित्त हाकिम बनाउनका लागि जसपाका नेताहरु नै लागेको मेहताको भनाइ छ ।

Advertisement 3

सो नगरपालिकाको शिक्षा शाखा प्रमुख रहेका गुप्ताले आफू हाकिम बन्नका लागि नगरपालिकाकी उपप्रमुख हुस्ने आरा र वडा अध्यक्ष इद मोहमदको नक्कली हस्ताक्षर गरेर कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा बुझाएको भन्दै मंगलबार बिहानै कार्यपालिका सदस्यहरु काठमाडौँ आएका थिए ।

उसो त पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासनले गर्दै आएका हरेक जसो सरुवा विवादमा पर्न थालेका छन् । मन्त्रीका स्वकीयदेखि कर्मचारी प्रशासन महाशाखा सम्हालेर बसेका सहसचिव रघुराम बिष्टदेखि त्यहाँका उपसचिव रुपनारायण खतिवडासम्म यस्ता विवादमा मुछिएका छन् । मन्त्री श्रेष्ठका स्वकीय र कप्रका कर्मचारीहरुको मिलेमतोमा स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत सरुवामा ब्यापक आर्थिक चलखेल भइरहेको छ सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।

सामान्य प्रशासन मन्त्री श्रेष्ठका स्वकीय सचिव पटेल रौतहटकै भएका कारण उनले आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पालिकाहरुमा आफ्ना मान्छे पठाउने अभियानै थालेको रौतहटका निमित्त हाकिमहरुको भनाइ छ ।मन्त्रालयमा हुने आर्थिक चलखेलका कारण जिल्लाको अधिकांश स्थानीय तहमा शाखा अधिकृतलाई निमित्त भएर काम गर्नुपरेको उनीहरुले आरोप लगाए । रौतहटका १८ वटा स्थानीय तहमा भुजेल मात्र उपसचिव हुन् । अन्य सबै स्थानीय तह निमित्तको भरमा चल्दै आएको छ ।

प्रकाशित :२०७८ फाल्गुन २५, बुधबार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry