मोतियाविन्दुका बिरामीको निःशुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल

सिरहा। लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेकाछन्। नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ।

Advertisement 1

सम्झौताअनुुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ। “हामीले प्रत्र्यक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ। सोहीअनुरुप अब वडा–वडामा शिविर आयोजना गरिनेछ”, नगरप्रमुख चौधरीले भने, “शिविरले यहाँका गरिब तथा विपन्न समुदाय लाभान्वित हुने विश्वास लिएको छु।”

केही दिनभित्रै गाउँ–गाउँमा शिविर सञ्चालन गर्ने भन्दै नगरप्रमुख चौधरीले १ हजार मोतियाविन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको जानकारी दिए।

Advertisement 2

जाडोको समयमा आँखाको रोगको सङ्क्रमण धेरै हुने र गाउँगाउँमा पैसको अभावमा बिनाउपचार बस्ने गरिब तथा विपन्न समुदायलाई निःशुल्क आँखा शिविरले सहयोग पुग्ने अस्पतालका अध्यक्ष रवीन्द्रलालले बताए।

प्रकाशित :२०८१ पुष २४, बुधबार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry