७३ प्रतिशतले घट्यो संघीय मामिला तथा सामान्य प्रशासनको बजेट

आगामी आर्थिक बर्षको बजेटमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासनको बजेट कटौतीमा परेको छ । चालु आर्थिक बर्षको भन्दा आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट ७३ प्रतिशतले कटौतीमा परेको हो ।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आर्थिक बर्ष २०७८/ ७९ मा ३० अर्ब ८३ करोड रकम विनियोजन गरिएको थियो ।  चालु आर्थिक बर्षमा संघीय मामिला तथा सामान्य प्रशासनको बजेट २५ अर्ब ३ करोड रकम विनियोजन गरिएको थियो । यो आर्थिक बर्ष ७८/७९ को भन्दा ५ अर्ब ८० करोडले घटेको हो ।आगामी आर्थिक बर्ष ८०/ ८१ का लागि चालु आर्थिक बर्षको भन्दा ७३ प्रतिशतले घटेर रु नौ अर्ब ९६ करोड ६२ लाख  विनियोजन गरिएको छ ।

Advertisement 1

सामन्य प्रशासनसहित १४ वटा मन्त्रालयको बजेट घटेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबैभन्दा कम ७७ करोड ५६ लाख विनियोजन हुँदा अर्थ मन्त्रालयका लागि रु ४७ अर्ब २७ करोड ६५ लाख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु ९ अर्ब ४५ करोड ९६ लाख, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि रु ८७ अर्ब ४५ करोड चार लाख बजेट विनियोजन भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड २१ लाख, खानेपानी मन्त्रालयका लागि रु २८ अर्ब १५ करोड ५६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि रु ११ अर्ब ९६ करोड २६ लाख, परराष्ट्र मन्त्रालयका लागि रु छ अर्ब दुई करोड ५७ लाख बजेट विनियोजन गरिएको छ ।

Advertisement 2

वन तथा वातावरण मन्त्रालयका लागि रु १५ अर्ब ५५ करोड ८७ लाख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि रु सात अर्ब २४ करोड ६६ लाख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ३४ अर्ब ३९ करोड ९६ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि रु एक अर्ब ५७ करोड ६२ लाख, युवा तथा खेलकूद मन्त्रालयका लागि दुई अर्ब ८७ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै रक्षा मन्त्रालयका लागि रु ५८ अर्ब ८४ करोड ४६ लाख, शहरी विकास मन्त्रालयका लागि रु ६६ अर्ब १७ करोड ५५ लाख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब २९ करोड ५५ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड ६७ लाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु ८३ अर्ब ९९ करोड १८ लाख, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित :२०८० जेष्ठ १६, मंगलवार ०९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry