बिजुलीको पोल सार्न १ लाख ४० हजार घुस

नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव–स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

Advertisement 1

नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा पहाडीलाई १ लाख ४० हजार रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च भन्दै पहाडीले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।

Advertisement 2

पहाडीमाथि कानुन बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

प्रकाशित :२०७८ फाल्गुन २४, मंगलवार १७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry