एकसाथ डेढ दर्जन सहसचिवहरूको सरुवा
सरकारले १८ जना सहसचिवहरुको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै ती सहसचिवहरुको सरुवा गरेका हुन । जसमध्ये सामान्य प्रशासनको अत्तिरिक्त समूहमा रहेका ६ सहसचिवहरुको पदस्थापन भएको छ । अहिले मन्त्रालयका अतिरिक्त समूहमा रहेका ३६ जना सहसचिव रहेका छन् । महिना दिनदेखि जेष्ठता र कार्यक्षमता मुल्यांकानका आधारमा बढुवा भइ सामान्य प्र्रशासनकै अतिरिक्त समूहमा राखिएकामध्ये प्रेमराज गिरी युवा तथा खेलकुद मन्त्रालयमा खटाइएको छ । यस्तै देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ । उद्धव रिजाल सामान्य प्रशासनको अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र ईश्वर राज गिरी अतिरिक्तबाट प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विराटनगरमा खटाइएको छ ।
यस्तै अतिरिक्त समूहमै रहेका बलराम निरौला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश,रामहरि ज्ञवाली अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेशमा पुगेका छन् । यस्तै जल तथा उर्जा आयोगका सहसचिव नविनराज सिंहलाई प्रदेश नम्बर १ को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको छ । अर्थका महेश आचार्य आन्तरिक मामिला मन्त्रालय धनुषा खटाइएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्ण प्रसाद न्यौपानेको वाणिज्य तथा आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय धनुषा पुगेका छन् । रामशरण सापकोटालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूर पश्चिममा पठाइएको छ ।
यस्तै अनुज भट्टचन स्वास्थ्य तथा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय प्रदेश नं १ मा सचिव बनाए खटाइदा श्रीराम तिवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य, मन्त्रालय गण्डकी प्रदेशमा पुगेका छन् । टेक बहादुर केसी लोक सेवा आयोग तथा अन्तर्गतबाट प्रदेश प्रमुखको कार्यालय गण्डकी, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय गण्डकीबाट प्रदेश लोक सेवा गण्डकीमा खटाइएको छ । यस्तै राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय प्रदेश नं २ र महेशचन्द्र न्यौपानेलाई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनीबाट लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा तानिएको छ ।