पद संख्या संशोधन तथा विज्ञापन रद्धसम्बन्धी लोकसेवा आयोगको सूचना

लोकसेवा आयोगले केही पदहरुको पद संख्या संशोधन गर्नुका साथै विज्ञापन रद्ध गरेको छ । आयोगको पोखरास्थित कार्यालयले गत पुस २८ गते प्रकाशित राजपत्र अनकिंत प्रथम श्रेणी (अप्राविधिक) तर्फका बढुवा सूचनामा नायब सुब्बा,प्रशासन सामान्य प्रशासन समूह अन्तरगत कार्यक्षमता मुल्यांकनका आधारमा हुने भनिएको १ जनाको बढुवा रद्ध गरिएको आयोगले सूचनामा जनाएको छ ।
यस्तै नायब सुब्बा,प्रशासन सामान्य प्रशासन समूह खुलातर्फ भने पद संख्या संशोधन गरिएको आयोगले जनाएको छ । यस अघि ९ जनाका लागि विज्ञापन गरिएकोमा संशोधन पछि ८ जनाका लागि मात्र कायम गरिएको सूचनामा उल्लेख गरिएको छ

2078-10-25_रद्द_र_संसोधन
प्रकाशित :२०७८ माघ २६, बुधबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry