दंगाल सचिवमा बढुवा

सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिवमा बढुवाका लागि सहसचिवत्रय दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको हो ।
Advertisement 1
केही बेर अघि सम्पन्न क्याविनेट बैठकले पहिलो नम्बरमा सिफारिस भएका सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले इकर्मचारीसँग बताएका छन् । दंगाल अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।
यस्तै क्याविनेटले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीर जङ्ग शाहलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । शाह प्रेस युनियनका पूर्व अध्यक्ष हुन ।
प्रकाशित :२०७८ माघ १७, सोमबार १९:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%