व्याट- ३६ को २९ अधिकृतलाई बधाई,स्वागत र शुभकामना

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षार्थी शाखा अधिकृतहरुलाई सिबिए अर्घाखाँचीले स्वागत, बधाई र शुभकामना कार्यक्रम एक समारोह बिच सम्पन्न गरेको छ ।

Advertisement 1

ब्याट ३६ का कोशी समूहका शाखा अधिकृतहरु २ दिने देश दर्शन कार्यक्रम अन्तर्गतको गुल्मी र अर्घाखाँचीमा खटिएका २९ जना अधिकृतहरुलाई खाँदा र अबिर लगाएर एक कार्यक्रमका बीच स्वागत, बधाई र शुभकामना तथा अन्तरक्रिया समेत भएको थियो ।

प्रतिष्ठाका संयोजक द्वय गीताञ्जली उपाध्य र गणेश शाहले संयोजन गरेको समूहमा २९ जना विभिन्न सेवा समूहका शाखा अधिकृत उपस्थित थिए ।

Advertisement 2

विभिन्न सेवा समुह बाट अधिकृतमा सिफारिस भएका उनीहरु २ महिना तालिम प्रश्चात अध्ययन तथा तालीमको सन्दर्भमा जागिरे जिबनमा विभिन्न जिल्लाहरुमा त्यहाको आर्थिक भौगोलिक प्रशासनिक तथा सेवा प्रबाहको बारेमा जानकारी प्राप्त गर्ने उदेश्यलेका जिल्लामा आएका थिए । कार्यक्रममा देश दर्शनमा रहेका कोशी समूहका हरिभक्त न्यौपानेले देश दर्शनको उद्देश्यका साथै आफूहरुलाई यसरी स्वागत, बधाई र शुभकामना दिएकोमा सिबिए अर्घाखाँचीलाई धन्यवाद समेत दिएका थिए ।

Advertisement 3

अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको प्रमुख आतिथ्यतामा शुरु स्वागत तथा सम्मान कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष माधब अर्याल ,नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश भन्डारी , रास्ट्रिय कर्मचारी संगठनका सचिव माधब भुसाल,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेम नारायण आचार्य जिल्ला सहसचिव अनिल नेपाली आधिकारिक ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षता उपाध्यक्ष हरि डुम्रेको स्वागत तथा सहसचीव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित :२०७९ चैत्र २८, मंगलवार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry