एमालेका चिकित्सकविरुद्ध ठाउँ ठाउँमा प्रमाणसहित उजुरी,होला त कारवाही ?

वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेललाई तत्काल निलम्बन गर्न माग गर्दै विभिन्न सरकारी निकायमा उजुरी परेको छ । तत्कालीन स्वास्थ्य मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन डा पौडेललाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका थिए । दशौं तहको अर्थोपेडिक सर्जन रहेका पौडेल राजनीतिक दलको सदस्य रहेको आरोप प्रमाणित भएपछि कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सरकारका मुख्यसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा उजुरी परेको हो ।
Advertisement 1
निर्देशक पौडेल एमाले को संगठीत सदस्य तथा जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महासचिव पदमा कार्यरत रहेको प्रमाणीत भएको भेटिएसँगै उनलाई ऐन अनुसार कारवाहीको माग गरिएको हो । पौडेल २०७९ साल फागुन ५ गते निर्देशकमा नियुक्त भएका थिए । पार्टीको संगठित सदस्य र पार्टी सम्बद्ध जनसंगठनमा महासचिव पदमा कृयाशिल रहेकोले पौडेललाई वीर अस्पतालको निर्देशक पद बाट तत्काल निलम्बन गरि कारवाही गर्न विभिन्न सरकारी निकायलाई गु्हारिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन नहुने व्यवस्था छ । तर चि वि रा प्र वीर अस्पताल को ऐन २०६३ को दफा २० तथा चि वि रा प्र बैठक सञ्चालन ,पदाधिकारी को काम कर्तव्य र अधिकार एंव पारिश्रमिक र सुविधा सम्बन्धि नियमावली २०६४ को नियम ११ मा वीर अस्पताल को प्रशासकीय प्रमुखको रुपमा निर्देशक रहने ब्यवस्था छ । वीर अस्पताल को निर्देशक प्रतिष्ठान मा कम्तीमा सह प्राध्यापक वा सो सरह पदमा कार्यरत चिकित्सक मध्य बाट नियुक्ति हुने ब्यवस्था रहेकोमा वीर अस्पताल का निर्देशक डा सन्तोष पौडेल ( कर्मचारी संकेत न १९३४०१०) सह प्राध्यापक तथा बरिस्ठ कन्सल्टेनट अर्थोपेडिक सर्जन दशौ तहका नेपाल सरकार स्वास्थ्य सेवा का कर्मचारी रहेको र उनी ने क पा एमाले को संगठित सदस्य तथा जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महासचिव पदमा कार्यरत रहेकोले निर्देशक डा सन्तोष पौडेल वीर अस्पताल को निर्देशक पदमा बस्न अयोग्य भएका ले तत्काल निलम्बन गरि कारवाहि गरियोस् ।
Advertisement 2
निजामती सेवा ऐन ०४९ को दफा १२ ले ‘निजामती कर्मचारी कुनै राजनीतिक पदाधिकारीको व्यक्तिगत, व्यावसायिक वा राजनीतिक इच्छालाई प्रवद्र्धन गर्ने क्रियाकलापमा संलग्न हुनहुँदैन । निजामती कर्मचारी कुनै पनि राजनीतिक दल, तिनका भातृ संगठन वा कुनै दलको नेताको समर्थन वा विरोधमा कुनै विचार व्यक्त गर्न वा त्यसमा कसैलाई समर्थन वा विरोध गर्नका लागि प्रभावमा पार्नु हुँदैन भन्ने स्पष्ट व्यवस्था गरिएको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन २०५३ संशोधन सहितको दफा ५५ ( कुनै राजनैनिक संगठन वा दलमा भाग लिन हुदैन भन्ने छ) । यस्तै, अक्तियार दुरुपयोग अनुसन्धान आयोग दफा ११ , निजामती सेवा नियमावली २०५० ,निजामती सेवाका कर्मचारी को आचरण सम्बन्धि नियमावली २०६५ नियम १२ देखि नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ , श्रम ऐन,नियमावली विपरीत १० औं तहको र कार्यलय प्रमुख डा सन्तोष पौडेल राजनीतिक दल को सगठीत सदस्य र जनसंगठन मा आवद्ध रहेकोले उनलाई आवश्यक छानबिन गरि कारवाहि गर्न वीर अस्पताल कर्मचारीले माग गरेका छन ।