कुन कुन अफिसर उपसचिवमा उक्लदै ? (नामावलीसहित)

बढुवा सिफारिस समितिले थप १४ जना अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,लेखा समूह र नेपाल प्रशासन,राजश्व समूहबाट ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
प्रशासन सेवा,लेखा समूहबाट उपसचिवमा बढुवा सिफारिस भएकाहरुमा विनोद भट्टराई,नारायणप्रसाद दाहाल,हरिहर आचार्य,खिमप्रसाद आचार्य,श्रीराम दाहाल,रामभक्त रानाभाट,ध्यानकुमार राई,धर्मभक्त बस्याल,बद्रि प्रसाद अर्याल,शरणहरी लुँइटेल र तीर्थराज ओझा रहेका छन् ।
यस्तै राजश्व समूहबाट अनिल प्रसाद खड्का,खगेन्द्र श्रेष्ठ र टीकाराम गैह्रे गरी तीन जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
यी सबै कार्यसम्पादन मुल्यांकन र जेष्ठताका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।

Advertisement 1


समितिको सोमबारको बैठकले प्रशासन सेवाका ३० जना अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।
बढुवा सिफारिसमा पर्नेमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना,गौतमराज अमात्य, अम्मरराज जोशी,महमद शेरे मुस्तफा,ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य परेका छन् ।

त्यस्तै,कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ,यज्ञराज जोशी, कुमार आचार्य,हिमालय बराल, कुमारबहादुर खड्का,खुमप्रसाद सुवेदी,शेषकान्त पौडेल,केशवप्रसाद अर्याल,जीतेन्द्रजंग केसी,खगेन्द्र गिरी,दिनेश अधिकारी,बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी पनि सिफारिस भएका छन् ।

Advertisement 2

हरिप्रसाद गौतम,सुदर्शनराज पण्डित, सरस्वती पौडेल,कमला ज्ञवाली, ऋषिकुमार दाहाल,राजुप्रसाद न्यौपाने,टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिसमा परेका छन् ।

प्रकाशित :२०७८ माघ १९, बुधबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry