नागार्जुन साहित्यिक प्रतिष्ठानको कमाण्डरमा पौडेल,यस्तो बन्यो कार्यसमिति

नागार्जुन साहित्यिक प्रतिष्ठानको अध्यक्षमा दिल पौडेल चयन भएका छन् । उपन्यास,समालोचना,हाइकु,गजल विधामा आठ वटा संग्रह सार्वजनिक गरिसकेका पौडेल सरकारी सिन्दुरसँगै साहित्य श्रृजनामा तल्लीन व्यक्ति हुन ।
पौडेलले हालैमात्र ऐलानी घाम (हाइकु) बजारमा ल्याएका छन् । उनले यस अघि नै दूधौली प्रज्ञा प्रतिष्ठानको कमाण्ड गरिसकेका छन् । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्यको भूमिकामा समेत रहेका  पौडेल प्रगतीशील लेखक संघ,जिल्ला कार्यसमिति सिन्धुली सदस्य समेत हुन । उनी नागार्जुन साहित्यिक प्रतिष्ठानका आजीवन सदस्य समेत हुन ।

Advertisement 1

पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । वरिष्ठ उपाध्यक्षमा माधव निर्दोष, उपाध्यक्षमा यशोदा अधिकारी, महासचिवमा युवराज काफ्ले नास्तिक, सचिवमा माधव घिमिरे अटल’, र कोषाध्यक्षमा शिवहरि पाण्डे चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरूमा एक सदस्य पछि थप्ने गरी देवकुमारी लुइटेल, रामदेव पाण्डे, प्रकाश कोइराला, गङ्गा खतिवडा, गोविन्दराज शिवाकोटी, विष्णुकुमारी सुवेदी र अनिमाकुमारी पौडेल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न १२औँ अधिवेशनले साहित्यकार दिल पौडेललाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको हो । निर्वाचनका लागि साहित्यकार डा रमेश शुभेच्छुकको संयोजकत्वमा चेतनाथ धमला र कृष्ण तामाङ सदस्य रहेको समिति बनाइएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरू वासुदेव अधिकारी, डा बेञ्जु शर्मा र मातृका पोखरेललाई सम्मान गरिएको थियो ।

Advertisement 2

यस अघि प्रतिष्ठानको अध्यक्षको भूमिकामा पत्रकार तथा साहित्यकार प्रकाश सिलवाल रहेका थिए । सिलवालले पौडेललाई कार्यभार हस्तान्तरण गरेका छन् ।

प्रकाशित :२०७८ पुष २५, आईतवार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry