भद्रगोल सिंहदरबारका अनौठा दृश्य, कतै फोहोरको डंगुर कतै सडक पेटीमै पाकिङ
सिंहदरबार भित्र पनि विभिन्न समस्या रहेका छन्। सडक पेटीमै पाकिङ गर्नु पर्ने बाध्यता छ ।
सिंहदरवारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।
Advertisement 1
त्यस्तै अर्को समस्या भनेको फोहोर सडक पेटी हो, जहाँ सिंहदरवारका सडक पेटिमा नालीबाट झिकेर कामदार फोहोर राखिरहेको देख्न सकिन्छ । त्यस्तै अर्को समस्या हो कुकुर सुत्ने सडक जहाँ सिंहदरबारमा छाडा कुकुरको बासस्थल बनेको छ । मन्त्रालयका क्याटिनका बासी खाना उपलव्ध हुने भएपछि कुकुर सिंहदरबारमा रमाएर बसेका छन् । सिंहदरबारका कुकुर सडकमा पार्किङमा सुतेर सेवा ग्राहीलाई अप्ठ्यारो पारिरहेका छन् । त्यस्तै मन्त्रालय अगाडि फोहोरको डंगुर रहेका छन् । सिंहदरको एक भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुना तिर जहाँत्यहीँ छन् ।
त्यस्तो अर्को रमाइलो कुरा भनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि केरा फलेको छ । यो केराको बोटलाई डोरीले बाँधेर अड्याइएको छ ।