एआईजीपी बज्राचार्यलाइ हटाएर श्यामलाल ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवालीलाई दिइएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि सीआईबीको निर्देशकको जिम्मेवारीमा रहेकी एआईजीपी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गर्दै सीआईबीको निर्देशकमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।
Advertisement 1
बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत एक गते उपप्रधान एवम गृहमन्त्री रबि लामिछानेलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय पनि गरेको छ ।
प्रकाशित :२०८० चैत्र २, शुक्रबार १८:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%