कर्मचारीलाई प्रशिक्षण दिन फेरि थपिने भयो अर्काे प्रतिष्ठान

एउटै प्रकृतिको काममा सरकारी निकायबीच समन्बय नहुँदा र डुब्लिकेशन भइदिँदा राज्यको अर्बौको स्रोत,साधन र सम्पत्ति वालुवामा पानी भइरहेको समयमा फेरि उस्तै काम गर्ने अर्काै संयन्त्र थप्ने गृहकार्य प्रारम्भ भएको छ ।

Advertisement 1

सरकारले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिने उदेश्यका साथ यस्तो प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।
प्रतिष्ठानले संघीयताका बारेमा अध्ययन, अनुसन्धान तथा प्रशिक्षण दिनेछ । संघीयताका सन्दर्भमा अध्ययन, अनुसन्धान गर्न तथा संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्धबारे संविधानमा भएको व्यवस्था लगायतबारे यो प्रतिष्ठानले प्रशिक्षण दिने बताइएको छ ।
संघ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध र समन्वयलाई बलियो बनाउने, सहकारी संघीयताको माध्यमबाट राष्ट्रिय एकता बजबुत गर्ने र समृद्धि हासिल गर्ने लगायत राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिने उदेश्यका साथ प्रतिष्ठान स्थापना गरिने भएको हो ।

May be an image of text that says "३.प्रस्तावपेश गर्नुपर्नाको कारणर मन्त्रालयको सिफारिस: सड़ घीयताको सफल कार्यान्वयन मार्फत मुलुकको समृद्धिको हॉसिल विकास प्रशिक्षण प्रतिष्ठानलाई राजनीतिक एवम् प्रशासकीय पदाधिकारीहरुको क्षमता विकास गर्ने केन्द्रक रुपमा विकास रीसो संस्थाम रहेको संस्थागत विज्ञता सड घीयता अध्ययन अनुसन्धान उपयोग मामिला प्रशिक्षण प्रतिष्ठान स्थापनार्थ नयाँ तर्जुमा आवश्यक देखिएको सो लागि विधेयकको मस्यौदा तयार नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ नियम ६्क उपनियम अनुसार नेपाल सरकारको सैद्धान्तिक स्वीकृति लिनुपर्ने व्यवस्था अनुरुप नेपाल सरकार मन्त्रिपरिषक मा प्रस्ताव पेशग विभागीय मन्त्रीबाट मिति २०७८।०९११८ स्वोकृति प्राप्त भएकोले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, 2064 अनुसूची- शको विषय संख्या बमोजिम प्रस्ताव पेश गरिएको छ।"
प्रतिष्ठान सपना गर्नका लागि गत १८ पुसको क्याविनेटले स्वीकृति प्रदान गरिसकेको छ भने बुधबारको क्याविनेटले प्रतिष्ठान स्थापना गर्नका लागि विधेयक मस्यौदा गर्ने प्रस्ताव पारित गरेको छ ।
कर्मचारीलाई प्रशिक्षण दिनकै लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) हुँदाहुँदै फेरि यस्तै खालको संरचना थपिनु उचित नहुने कतिपय प्रशासकहरुको टिप्पणी छ ।

Advertisement 2

यसरी उस्तै प्रकृतिका काम गर्ने तीन् वटा निकाय बनाइँदा यस्ले राज्यको डुब्लिकेशन भयो कि भएन् ? श्रोत,साधन,सम्पत्तिको खर्च भएन ? यसतर्फ सम्बन्धित पक्षले किन चासो नदिएको ?

कार्य प्रकृति मिल्ने मन्त्रालय वा विभाग गाभ्न, ती मातहतका विभाग र महाशाखाको संख्या घटाउन छाडेर सरकारले भने अनावश्यक संरचना थप्नेतिर ध्यान केन्द्रित हुनु दुखद रहेको पूर्व प्रशासक शान्तराज सुबेदीले सामाजिक संञ्जालबाटै टिप्पणी गरेका छन् । उनले लेखेका छन् :

Advertisement 3

पर्याप्त पूर्वाधार र दक्ष जनशक्तिले सुसज्जित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) हुँदाहुँदै अर्को यस्तै प्रकृतिको प्रतिष्ठान खोल्नु कुनै मानेमा पनि आवश्यक छैन ! आवश्यक कानुनी सुधार सहित यो कार्य स्टाफ कलेजलाई नै दिनुपर्छ ! धेरै सँस्था खोली भर्ति केन्द्र बनाउनु आवश्यक छैन भन्ने राय ठुल्दाइको छ !

यस्तो डुब्लिकेशन हेर्न कतै जानु पर्दैन जस्तो, तथ्यांक विभागले हालैमात्र जनगणना सम्पन्न गरेको छ । विभागले हरेक दश दश बर्षमा जनगणना गर्दै आएको छ । दुई साता अघि मात्र झण्डै तीन करोड हाराहारी नेपाली जनताको टाउको गन्नका लागि राज्यको तीन अर्व बजेट स्वाहा पारिएको थियो । जसमध्ये एक अर्व ८० करोड सुपरीवेक्षक तथा गणकका लागि खर्च भएको विवरण केन्द्रीय तथ्यांक विभागले उपलव्ध गराएको छ ।
केन्द्रीय तथ्यांक विभागले यही बर्षको अन्त्यतिर कृषि गणना गर्दैछ । यो पनि जनगणनाझैं हरेक दश दश बर्षमा हुन्छ । यस्का अलवा त्यही निकायले हरेक पाँच पाँच बर्षमा आर्थिक गणना गर्दछ । त्यस्ले व्यापारी वा औद्यागिक क्षेत्रहरुको गणना गर्दछ । यस्ले गर्ने तीन खालका सर्भे छदैंछ । यही बर्ष त्यही निकायले नेपालीको जीवनस्तर सर्भे गर्दैछ ।
सरकारले गरिब खोज्न थालेको चार बर्ष भयो । यो बीचमा गरिबको पहिचान गर्न भन्दै २ अर्ब ७५ करोड हाराहारी रकम खर्च भइसकेको छ । यद्यपि अझैं गरिब खोज्ने काम टुंगिएको छैन ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरबाट गरिब खोज्न थालेको चार बर्ष व्यतित भयो । गरिब खोज्ने नाममा १ अर्ब ७० करोड बजेट सकिसक्यो अझैं काम टुंगिन सकेको हैन । यो चार बर्षमा २६ जिल्लामा १२ लाख २४ हजार ६१७ परिवारका ३ लाख ९१ हजार ८३१ परिवारलाई गरिब पहिचान गरी परिचयपत्र वितवरणको चरणमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै,२३ जिल्लाका ११ लाख २५ हजार २१६ परिवारमध्ये २ लाख २ लाख २७ हजार १५० गरिब पहिचान भएको,सार्वजनिक सुनुवाई हुन बाँकी छ । १३ वटा जिल्लामा कामै शुरु हुन सकेको छैन भने १५ जिल्लामा सर्वेक्षणका लागि सर्वेक्षकहरुलाई ट्रेनिङ दिने काम चलिरहेको छ ।

गृह मन्त्रालय मातहत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग छ । उस्ले अर्वौ खर्चेर राष्ट्रिय परिचयपत्र वितरणको काम गर्दैछ । निर्वाचन आयोगले मतदाता परिचयपत्र बनाउने नाममा करोडौं खर्चिएको छ । उस्तै प्रकृतिको काम गर्नका लागि श्रम रोजगार मन्त्रालयले बेरोजगारीको गणनागर्नेदेखि सामािजक सुरक्षाको छुट्टै गणना गर्दै आएको छ । यस्ले राज्यको डुब्लिकेशन भयो कि भएन् ? श्रोत,साधन,सम्पत्तिको खर्च भएन ? यसतर्फ राज्यले किन चासो नदिएको ?

जनगणना दश दश बर्षमा गरिरहनु सट्टा एक पटक गर्ने त्यसमै अटो अपडेट गर्न किन नसकिएको ? वा चासो नदिएको ?

यस्तो भद्रगोलको सिलसिलामा यतिमै सकिदैंन जस्तो कृषि मन्त्रालय मातहत हेरौं त्यहाँ सहकारी महाशाखा छ । फेरि सहकारी विभाग,सहकारी विकास वोर्ड,समस्याग्रस्त सहकारी व्यवस्थापन समिति त्यही मातहत छ । मन्त्रालय मातहतको सहकारी विभागमा भन्दा बढी कर्मचारी थुपारिएको छ सहकारी विभागमा । उही र उस्तै काम गर्न सहकारी विकास बोर्डमा उतिनै संख्या तेत्तीस जना कर्मचारीको दरबन्दी छ । देशभर २९८८६ सहकारी छन् जसमध्ये संघ मातहतका यी ५ वटा कार्यालयका झण्डै डेढ सय कर्मचारीको काम १२५ वटा सहकारीको नियमन गर्ने हो ।

बाँकी एक जिल्ले,दुई जिल्ले सहकारी हेर्ने जिम्मेवारी अहिले तल (प्रदेश र स्थानीय तहलाई) गइसकेको छ ।

सडक निर्माणको काम सडक विभाग, सहरी विकास विभाग, सडक डिभिजन कार्यालय, काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्दै आएको छ । उसो त सरकारी अधिकारीहरुका अनुसार, श्रम तथा रोजगार मन्त्रालय, उद्योग बाणिज्य आपूर्ति मन्त्रालय, शिक्षा मन्त्रालयलगायतका विभिन्न १८ वटा निकायबाट प्रशिक्षणका कार्य भइरहेका छन् । जबकि यी १८ वटा निकायबाट हाल भइरहेका काम व्यवस्थित गर्ने हो भने एउटै निकायले गर्न सक्ने अधिकारीहरु सुनाउँछन् । नापी र मालपोतको काम एउटै हो जग्गा प्रशासनसम्बन्धी । एउटै काम गर्नका लागि अहिले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख गरी छुट्टाछुट्टै विभाग बनाइएको छ । यी दुईतिर गरी झण्डै ६ हजार कर्मचारीको दरबन्दी छ ।

कार्य प्रकृति मिल्ने मन्त्रालय वा विभाग गाभ्न, ती मातहतका विभाग र महाशाखाको संख्या घटाउन छाडेर सरकारले भने अनावश्यक संरचना थप्नेतिर ध्यान केन्द्रित रहँदा राज्यको एकातिर राज्यको स्रोत साधन र सम्पत्ति दोहोरो खर्च भइरहेको तर्फ राज्यको ध्यान जान नसक्नु चाहिँ दुखद पाटो हो ।

प्रकाशित :२०७८ पुष २२, बिहीबार १५:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry