परराष्ट्रमा क–कसले कुन–कुन जिम्मेवारी पाए ?

सरकारले परराष्ट्र सेवाका ६ राजदूतको संसदीय सुनुवाई सकेसँगै विभिन्न मिशनबाट फिर्ता आएका हाकिमहरुले परराष्ट्र मन्त्रालयको विभागीय जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् ।
परराष्ट्र सेवाका लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्क,राष्ट्रसंघीय नियोग जेनेभामा रामप्रसाद सुवेदी,फ्रान्समा सुधीर भट्टराई,थाइल्यान्डका लागि धनबहादुर ओली, तेजबहादुर क्षेत्रीलाई युएई र कुवेतका लागि घनश्याम लम्साललाई खटाइएको थियो ।
Advertisement 1
राजदूतको जिम्मेवारी दिएर खटाइएकामध्ये दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका सुवेदी परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख थिए । यस्तै प्रमुख शिष्टाचार महापाल रहेका सहसचिव सुधीर भट्टराई फ्रान्स, सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भइ संसदीय सुनुवाई पार गरेसँगै हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएसँगै उनीहरुको ठाउँमा जिम्मेवारी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्यानाडामा राजदूत रहेका भृगु ढुंगाना साउथ एशिया डिभिजन हेर्नेमा परेका छन् । त्यहाँका रामप्रसाद सुवेदी जेनेभा गएपछि उनले सो जिम्मेवारी पाएका हुन् । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिबाट फिर्ता भएका अमृत राईले चीनसहित हेर्ने गरी नर्थ इष्ट एशिया महाशाखा पाए ।
Advertisement 2
साउदी अरेबियामा राजदूतको जिम्मेवारीबाट स्वदेश फर्किएका कृष्ण ढकाललाई साउथ एशिया र प्यासिफिकमा राखिएको छ । शरदराज आरन सहसचिवमा बढुवा भई अहिले प्रशासन प्रमुख बनाइएका छन् । रिता धिताल नीति तथा योजना महाशाखामा तोकिएकी छन् । यसबीच, उपसचिव तहकी शिवानी बस्नेतको न्युयोर्कमा पोष्टिङ भएको छ भने हरि ओडारी डेनमार्क, प्रकाश अधिकारी बैंकक, पारश पण्डित जेनेभा, डा. डमरु पौडेल साउदी, कुमार राई दोहा, मुदिता बज्राचार्य मलेशिया, द्रौपदा सापकोटा दिल्ली दूतावासमा खटिएका छन् ।