३३ करोड गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएका लम्बोदरसँग २५ लाख धरौटी माग

गैरकानुनी सम्पत्ति आर्जनको मुद्धा खेपिरहेका लम्बोदर न्यौपानेलाइै विशेष अदलातले २५ लाख धरौटीमा छुटाएको छ । नेपाल इञ्जिनियरिङ कलेजको अध्यक्ष हुँदा न्यौपानेले ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ गैरकानूनी खर्च गरेको सो मध्ये न्यौपानेको नाममा झण्डै ८ करोड ९८ लाख रुपैयाँ गैरकानूनी रुपमा भुक्तानी भएको प्रकरणमा मुछिएका थिए न्यौपाने । न्यौपानेले ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ तथा लेखा परिक्षणबाट खुल्न आएको बेरुजु सहितको २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ठगी गरेको भेटिएको थियो ।

Advertisement 1

अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकसँग घुस डिलमा मुछिएका न्यौपानेसहित ९ जनाविरुद्ध २०७८ माघ २७ गते न्यौपानेसहित ९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

०७० चैत २३ देखि २०७५ असोज १५ गतेसम्म सञ्चालक समितीको अध्यक्ष रहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगेबाट घुस रिसवत सम्बन्धि मुद्धाको कसूरमा ७८ लाख धरौटीमा रिहा भएका थिए ।
सोमबार विशेष अदालतका न्यायधीशद्धय यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले थुनछेक सुनुवाई गरेको थियो। सो क्रममा विशेष अदालतले न्यौपानेसँग २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । न्यौपाने धरौटीबापतको रकम नगदै बुझाएर छुटेका विशेष अदालतले जनाएको छ ।

प्रकाशित :२०८० मंसिर ४, सोमबार १९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry