कर्मचारीको हाजिरी च्यात्नेलाई कडाभन्दा कडा कारवाही गर्न मन्त्रीसमक्ष फोरमको माग

हाजिर हुन पुगेका आलेप पाँचौ तहका कर्मचारी स्थानीय तह कर्मचारी सरोकार फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोरमका संयोजक दिपक गौतमले एक विज्ञप्ती जारी गर्दै गत ९ गते सो पालिकामा कार्यरत रहेका मदन बहादुर बुढाको हाजिरी च्यातिएको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दोहोरो सहमति जुटाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दैलेखको दुल्लु नगरपालिकामा काज सरुवा गरिदिएको थियो तर त्यहाँका मेयर घनश्याम भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै उक्त दरबन्दी रिक्त नभएको र कार्यालयको सहमति विना नै कर्मचारी खटाउने काम भएकोले सो काम कर्मचारी समायोजन ऐन ०७५ र स्थानीय सरकार सञ्चालन ऐन विपरित भएको देखाउँदै बुढालाई दुल्लु नगरपालिकामा हाजिर नगराई फिर्ता पठाइएको व्यहोराका पत्र पठाइएको थियो ।
सो प्रति समेत गम्भीर ध्यानाकर्षण गर्दै फोरमले मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठसमक्ष निवेदन दिँदै दोषी उपर कडा कारवाही गर्न माग समेत गरिएको छ ।

Advertisement 1

No description available.

यस अघि बुढा हुम्लाको एक स्थानीय तहमा कार्यरत थिए । त्यहाँबाट सरुवा भएर आए दैलेखको भगवतिमाई गाँउपालिकामा । तर सो पालिकामा एकैतहका २ कर्मचारी भए पछि उनी सरुवा भएर जान सकिने ठाउँको खोजीमा लागे । उनले दुल्लु नगरपालिकामा दरबन्दी रिक्त रहेको भेटे ।
सो स्थानीय तहमा सरुवा मिलाए । त्यहाँको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले अनुमति पनि दिए । त्यसपछि संघीय मामिला सामान्य प्रशासन मन्त्रालयबाट काज सरुवा मिलाएर उनी दुल्लु नगरपालिकामा पुगे ।

Advertisement 2

No description available.

उनी गत ७ गतेबाटै उनी दुल्लु नगरपालिकामा हाजिर भएका थिए । तर हाजिर भएको तेश्रो दिन नबित्दै उनको हाजिरीको पाना नै च्यातिदिए । कर्मचारीहरुका अनुसार,हाजिर च्यात्ने काम मेयर घनश्याम भण्डारीकै निर्देशनमा भएको आरोप लगाएका छन् ।

Advertisement 3

प्रकाशित :२०७८ पुष १६, शुक्रबार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry