अनुचित दबाब नमान्दा पालिका अध्यक्षको छोराबाटै कुटिए प्रमुख प्रशासकीय,कर्मचारीले पारे कामकाज ठप्प

अनुचित कामका लागि दबाब नमान्दा  प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन् । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोराको अनुचित दबाब नमान्दा प्रमुख प्रशासकीय अधिकृत कुटिएका हुन ।

Advertisement 1

पूरा नभएको योजनाको भुक्तानी नदिँदा मिलन एमसीले प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल,योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए ।

अध्यक्षका छोरा मिलन माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुन् । यसरी अनुचित दबाब नमन्दा पिटाइ खाएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

Advertisement 2

हिजो ३५ जनाभन्दा बढी कर्मचारीको भेलाले अध्यक्षका छोरालाई कारबाही माग गर्दै अत्यावश्यक बाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको हो।

प्रकाशित :२०८० जेष्ठ २५, बिहीबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry