अधिकृतको परीक्षा प्रक्रिया रोक्न उच्च अदालतको आदेश
पाटन उच्च अदालतले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश रामबहादुर थापाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
Advertisement 1
लोकसेवा आयोगले गत मंसिर २९ शाखा अधिकृतका लागि विज्ञापन खोलेको थियो । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको थियो । सो विज्ञापनविरुद्ध उच्च अदालत पाटनमा परेको रिटमा दोस्रो सुनुवाइ नभएसम्मका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको हो।
अदालतका न्यायाधीश रामबहादुर थापाको एकल इजलासले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई १८ गते छलफलमा बोलाउँदै शाखा अधिकृत विज्ञापनको प्रक्रिया पुस १८ गतेसम्म यथास्थानमा राख्न अन्तरिम आदेश दिएको हो।
Advertisement 2
अदालतले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई लिखित जवाफसहित १८ पुसमा छलफलका लागि उपस्थित हुन आदेश गरेको छ। सो समयसम्मका लागि शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। लोकसेवा आयोगले २०७६ मा गरेको विज्ञापनबमोजिम सबै चरणका परीक्षा दिइ अन्तिम नतिजाको पर्खाइमा रहेका छ जना रिट निवेदकको मुद्दामा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।