शाखा अधिकृत देखि बेलायतका लागि का.राजदूत सम्म
नेपाल सरकारको निर्णयअनुसार नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त भएकी छन् ।
Advertisement 1
राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल फर्किएपछि रिक्त पदमा नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता खनाल कार्यबाहक राजदूतमा नियुक्त भएकी हुन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् । परराष्ट्र सेवामा एक दशकभन्दा बढी समय बिताइसकेकी खनालले यसअघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् ।
पाल्पा जिल्लामा जन्मिएकी खनाल कपिलवस्तु हुँदै हाल काठमाडौंमा बसोवास गर्दै आएकी छन् । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा खनाल नियुक्त भएकी थिइन् ।