मधेश प्रदेशमा आज सार्वजनिक बिदा
मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो ।
Advertisement 1
मुख्यमन्त्री सरोजकुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाहपञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।
मुख्यमन्त्री यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्। त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।
Advertisement 2
प्रकाशित :२०८० पुष १, आईतवार ०८:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%