कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

कर्णाली कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनका बारेमा छलफल सुरु गरेको छ।

Advertisement 1

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘आव २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटपश्चात्को छलफल कार्यक्रम’ सुरु गरिएको हो।

कार्यक्रममा मन्त्रलयका सचिव लीलाप्रसाद शर्माले चालु आवको बजेट स्वीकृतपश्चात् यसको कार्यान्वयनका नयाँ व्यवस्था, कानुनमा भएका परिवर्तन, सरकारको विकास निर्माणको सहयात्री निजी क्षेत्रको अपेक्षा, प्रदेश सरकारले लागू गर्दै आएका अभ्यास र पुँजीगत खर्चका लागि सरोकारवाला निकायले पूरा गर्नुपर्ने साझा दायित्वको बारेमा बताए।

Advertisement 2

आर्थिक मामिला तथा योजना मन्त्रालय वित्त व्यवस्थापन तथा राजस्व महाशाखाका प्रमुख मनोज गिरीले आय तथा राजस्व परिचालन र आर्थिक ऐनले गरेका परिवर्तन, वरिष्ठ शाखा अधिकृत मदनकुमार गिरीले बजेट तर्जुमा तथा कार्यान्वयन प्रक्रियमा कानुनी व्यवस्था र अभ्यास, कानुन अधिकृत मोतिप्रसाद अर्यालले कर्णाली प्रदेश सरकारको विनियोजन ऐन, २०८३ मा रहेका विभिन्न कानुनी प्रावधान समेटिएको कार्यपत्र प्रस्तुत गरे।

त्यसैगरी, प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रदेश लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीले सार्वजनिक खरिद कानुनमा भएको पछिल्लो संशोधन तथा थप व्यवस्थापन र निर्माण व्यवसायी महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष मानव बमले कर्णाली प्रदेश सरकारको विकास, योजना वितरण प्रणाली, आयोजना कार्यान्वयन प्रक्रिया, भूगोल र बजेटबीचको तादम्यता एवं बजेट कार्यान्वयनका विषयमा निजी क्षेत्रको अपेक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरे।

Advertisement 3

छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाही, मन्त्रीहरु, प्रदेशसभा सदस्य, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश लेखा नियन्त्रक, निजी क्षेत्रलगायत पत्रकार एवं सञ्चारकर्मीको सहभागिता रहेको छ।

प्रकाशित :२०८३ भाद्र ३१, बुधबार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry