गुल्मीमा राहदानीबाट ६ करोड भन्दाबढी राजस्व संकलन

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्रै ६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट संकलन भएको जानकारी दिए। १२ हजार चार सय ५० राहदानी वितरण गर्दा सो आवमा २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए।

Advertisement 1

गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम संकलन गरिएको थियो। कार्यालयबाट आव २०८०÷८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८ गैरआवासीय नागरिकता र १२ हजार दुइ सय ७३ राहदानी सिफारिस गरिएको छ। यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअ शर्माले बताए।

जिल्ला प्रशसनमा सोही आवमा २८ मुद्दा दर्ता भएकोमा २३ फछ्र्याैट भएका छन्। त्यसैगरी ७८ ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६ संस्था, एक सय ७९ संस्था नवीकरण, ७४ हातहतियार नवीकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६ आय विवरण प्रमाणित गरिएको छ। प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, ज्येष्ठ नागरिक विश्रामस्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपद्मा तत्काल राहत वितरण, ज्येष्ठ नागरिक एवं अपाङ्गता भएका सेवाग्राहीलाई प्राथमिकता दिइएको छ।

Advertisement 2

त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, लागू औषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको प्रजिअ शर्माले बताए।

प्रकाशित :२०८१ श्रावण ३, बिहीबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry