शिक्षकले एक जिल्लाबाट अर्कोमा सरूवा नपाउने
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ। सरकारले अर्को सूचना जारी नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवामा रोक लगाएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सूचना जारी गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको छ। शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ। विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ।
Advertisement 1
केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउनेछन्।