प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक, गृह सचिव फेरिँदै
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्नेछ ।
Advertisement 1
साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । नियमित कामका लागि केही महत्वपुर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको भनाइ छ । आजको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहका रहेका पाँच सचिवहरूको पदस्थापन र सो व्यवस्थापन गर्दा अन्य मन्त्रालयकासमेत सचिवहरूको सरुवा हुन सक्ने ती स्रोतको दाबी छ ।
सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण मानिने अर्थ, गृह तथा सञ्चार मन्त्रालयमा जान सचिव र राजनीतिक दलहरूबिच नै रस्साकस्सी चलेपछि महत्त्वपूर्ण मन्त्रालयमा एक एक जना गरी व्यवस्थापन गर्ने रणनीति सरकारले लिएको देखिन्छ । केही समय अघि मात्रै अर्थ मन्त्रालयमा मधु कुमार मरासिनी आई सकेको छन् भने आज गृह सचिव फेरिँदै छन् ।
Advertisement 2