सरकारी जागिर छाडेर तरकारी खेतीमा होमिएका गेहेन्द्र,बार्षिक आम्दानी ५ लाख माथि
धेरैको लक्ष्य हुन्छ सरकारी जागिर खाने ।
Advertisement 1
नेपाल कृषि प्रधान देश ।
तर आज पनि कृषि पेशालाई हेय र घृणाको दृष्ट्रिले हेरिन्छ । अझैं पनि कृषि सम्मानित पेशा बन्न सेकेको छैन् ।
अधिकांश व्यक्ति सरकारी पेशामा प्रवेश गरेर सानदार र सम्मानित जीवन जिउन चाहन्छन् ।
तर यही समाजमा यस्ता अपवाद पात्र पनि छन् । जो छँदाखाँदाको सरकारी जागिर हापेर कृषि कर्ममा होमिन्छन् ।
तर सरकारी सेवामा घुसेका केही यस्ता व्यक्तिहरु पनि छन् जस्को दिल जागिरमा नरमेपछि राजीनामा ठोकेर हिड्छन् ।
र पाइला मोड्छन उद्यमी वा व्यवसायीका रुपमा ।
त्यस्तैमध्येका एक हुन गेहेन्द्र धिमाल ।
Advertisement 2
जो कुनै समय कपास विकास समितिका जागिरे थिए ।
तर जागिरमा दिल नमरेपछि राजीनामा दिएर हिडे उनी । आजसम्म साढे एक दशक अघि सरकारी जागिर हापेर हिडेका उनले जीवनका पाइला मोडे र होमिए कृषि कर्ममा ।
बूढापाका भन्छन नि उत्तम कृषि,मध्यम व्यापार,निघृणि नोकरी ।
नभन्दै जागिरबाट कृषि कर्ममा होमिए पछि उनको जीवनमा आर्थिक उर्पाजन राम्रै गर्न थाले ।
Advertisement 3
सरकारी जागिर छाडेर कृषक बनेपछि धेरैले उनको धेरैथरी कुरा काटे । कोहीले धिमाल बौलायो पनि भने ।
त दुनिँयाको आवाज सुनेनन् उनले । सुने आफ्नै अन्तरमनको आवाज । ६ कठ्ठा जग्गाबाट शुरु भयो उनको व्यवसायिक तरकारी खेती ।
निरन्तर कर्ममै होमिए । तरकारी,अन्न अनाजलाई प्रेम गरे ।
फलत उनले लगाएको फसलहरुले राम्रै बजार भाउ पाउन थाल्यो । व्यावसायिक रुपमा तरकारी खेतीमा होमिएका उनका लागि आज यो पेशा निकै फापेको हो । अहिले हिसाब निकाल्ने हो भने धिताल परिवारले वार्षिक खर्च कटाएर पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको सुनाउँछन् ।
अहिले उनको आम्दानीमात्र होइन खेती लगाउने जग्गाको क्षेत्रफल पनि बढेको छ ।
हिजो ६ कठ्ठा जमिजमा आधुनिक पद्धतिबाट तरकारी तथा फलफूल खेती गर्दै आएकोमा अहिले अढाई बिगाहमा फैलिएको छ ।
जहाँ तरकारी र फलफूल उम्रान्छन् ।
तस्विर :- गोविन्द शर्मा (गोरखापत्र)